नौ दिनमा १२ जना फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

नौ दिनमा १२ जना फरार अभियुक्त पक्राउ


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरामा विभिन्न मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ परिरहेका छन् । अदालतको अन्तिम फैसलाले सजाए सुनाएका १२ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको सक्रियताले नौ दिनमा १२ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीको सक्रियतामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक देवेन्द्र पालले बताए ।

‘पक्राउ परिरहेका अभियुक्त अदालतले सजाए सुनाएपछि भागेर तराईका जिल्ला तथा भारतमा लुकेर बसेका थिए । अहिले लामो समय भएपछि घर फर्किएका छन् । र, यही मौका छोपेर हामीले सक्रियता बढाएका छौं,’ डीएसपी पालले भने ।

अदालतले कैद सजाय र जरिवाना फैसला सुनाएका मुद्दामा धेरै फरार रहने गर्छन् । पक्राउ पर्नेमा एकजनालाई एक महिना कैद, चारजनालाई ११ महिना नौ दिन कैद सजायका लागि कारागार पठाएको जिल्ला अदालत डडेल्धुराका तहसिलदार पुष्पराज जोशीले बताए । उनले सातजनाबाट एक सयदेखि दुई लाखसम्म जरिवाना असुलउपर गरी छोडिएको बताए ।

१२ जनाबाट २६ पुसदेखि ३ माघसम्म १० लाख ८४ हजार जरिवानामार्फत राजश्वसमेत संकलन भएको जिल्ला अदालत डडेल्धुराले जनाएको छ । पक्राउ गरी कैद तथा जरिवाना भएपछि राज्य पक्षबाट अदालतको फैसला कार्यान्वयन भएको मानिन्छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १ : १० बजे

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग