कोरोना कहर : अब काठमाडौँमा के गर्न पाइन्छ ? के पाइँदैन ? (भिडियोसहित) | Khabarhub Khabarhub

कोरोना कहर : अब काठमाडौँमा के गर्न पाइन्छ ? के पाइँदैन ? (भिडियोसहित)


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा कडाई गरिएको छ ।

कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि उपत्यकामा स्मार्ट लकडाउन लागू गरिने भएको छ ।

कोरोनाको रोकथामको लागि तीन वटै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेका छन्। यसअघिको तीन वटै जिल्लाको बैठकले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनी पनि दिएको छ ।

मंगलबार रातिदेखि लागू हुने गरी आमसभा, जुलुस, सभा, भेला लगायत भीडभाड हुने कार्य गर्न रोक लगाइएको छ । यस्तै कुनै पनि कार्यक्रम गर्दा २५ जना भन्दा बढी सहभागी हुन नपाइने । घर बाहिर निस्कँदा वा सार्वजनिकस्थलमा जाँदा र गाडीमा चढ्दा मास्क अनिवार्य गरिएको छ ।

सार्वजनिक स्थान जस्तै होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने लगायतका आदेश जारी गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : ५९ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत