बोराभित्र मृत भेटिइन् अभिनेत्री रायमा | Khabarhub Khabarhub

बोराभित्र मृत भेटिइन् अभिनेत्री रायमा


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

ढाका(दैनिक भास्कर)– आइतबारबाट वेपत्ता भएकी बंगलादेशी अभिनेत्री रायमा इस्लाम शिमूको शव एक बोरामा बन्द अवस्थामा भेटिएको छ । शिमूलाई दुई टुक्रा पारेर शवलाई बोरामा बन्द गरिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

प्रहरीका अनुसार शव ढाकाको केरानीगञ्जमा अवस्थित आलियापुर इलाकाको हजरतपुर पुल नजिकैको सडक किनारमा सोमबार बिहान भेटिएको थियो । ३५ वर्षकी अभिनेत्रीको घाँटीमा निशान थियो । प्रहरीले यो मामलामा उनका पति र पतिका ६ साथीलाई पक्राउ गरेको छ ।

प्रहरीले अभिनेत्रीका पति सखावत, उनका साथी र चालकलाई तीन दिन हिरासतमा लिएको छ । पति सखावतले घरेलु विवादका कारण रायमाको हत्या गरेको स्वीकारेको छ । प्रहरीले रायमाको शवलाई पोस्टमार्टमका लागि मिडफोर्ड अस्पतालमा पठाएको छ ।

रायमा ढाकाको ग्रीन रोड इलाकामा पति र दुई सन्तानका साथ बस्थिइन् । शिमू आइतबार बिहान मावामा सुटिङका लागि घरबाट निस्किएकी थिइन् । त्यसपछि उनी सम्पर्कविहिन भएकी थिइन् । छोराछोरीले उनलाई पटक–पटक मोबाइल सम्पर्क गर्न खोज्दा पनि सम्पर्क भएको थिएन । तर बेलुकासम्म रायमा घर नआएपछि परिवारका सदस्यले कालाबगान थानामा निवेदन दिएका थिए ।

शव मिलेपछि रायमाका भाई शाहिदुल इस्लाम खोकानले रायमाका पति सखावत अमीन नोबेलविरुद्ध उजुरी दिएका थिए । ढाकाका जिल्ला पुलिस अधीक्षक मारुफ हुसेन सरदरले सखावत र उनका साथीसहित एक कारलाई पनि नियन्त्रणमा लिएको बताए । उनका अनुसार गाडीको पछाडिको सिटमा रगत भेटिएको थियो ।

अभिनेता जायद खान पनि खोकानका साथ थानामा पुगेका थिए । फिल्मकर्मीहरुका अनुसार रायमाको बंगलादेश फिलम आर्टिस्ट एसोसिएशनमा सदस्यलाई लिएर जायदसँग विवाद चलिरहेको थियो । यद्यपि खानले आरोपको खारेज गर्दै उनले विगत दुई वर्षयता रायमासँग फोनमा कुराकानी नगरेको दाबी गरेका छन् ।

रायमाले आफ्नो अभिनय करियरको सुरुवात काजी हयातको फिल्म ‘प्रेजेण्ट’बाट गरेकी थिइन् । त्यसपछि उनले देलवर जहाँ झन्तु, चाशी नजरूल इस्लाम, शरीफ उद्दीन खान दीपूलगायतका निर्देशकका फिल्ममा काम गरिन् ।

सन् १९९६ देखि २००४ सम्म उनले करिब २५ फिल्ममा काम गरिन् । उनले ५० बढी नाटकमा पनि अभिनय गरिन् । उनको आफ्नो प्रोडक्सन हाउस पनि थियो ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ९ : २४ बजे

अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आधारभूत शिक्षा

जन्मदिन मनाउँदै पूर्वराजा ज्ञानेन्द्रले भने- अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना

सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत उपत्यकाको उत्तरी जलाधार

डाक्टरको आन्दोलनले बिरामीलाई सास्ती (तस्बिरहरू)

काठमाडौं– उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति

हर्क साम्पाङ मात्र होइनन् श्रमअभियान्ता, राराका मेयर विष्णु भामले ढुङ्गा बोकेरै सम्पन्न गरे ७४ योजना

सुर्खेत – धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ जस्तै मुगुस्थित छायाँनाथ