बोराभित्र मृत भेटिइन् अभिनेत्री रायमा « Khabarhub

बोराभित्र मृत भेटिइन् अभिनेत्री रायमा


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ढाका(दैनिक भास्कर)– आइतबारबाट वेपत्ता भएकी बंगलादेशी अभिनेत्री रायमा इस्लाम शिमूको शव एक बोरामा बन्द अवस्थामा भेटिएको छ । शिमूलाई दुई टुक्रा पारेर शवलाई बोरामा बन्द गरिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

प्रहरीका अनुसार शव ढाकाको केरानीगञ्जमा अवस्थित आलियापुर इलाकाको हजरतपुर पुल नजिकैको सडक किनारमा सोमबार बिहान भेटिएको थियो । ३५ वर्षकी अभिनेत्रीको घाँटीमा निशान थियो । प्रहरीले यो मामलामा उनका पति र पतिका ६ साथीलाई पक्राउ गरेको छ ।

प्रहरीले अभिनेत्रीका पति सखावत, उनका साथी र चालकलाई तीन दिन हिरासतमा लिएको छ । पति सखावतले घरेलु विवादका कारण रायमाको हत्या गरेको स्वीकारेको छ । प्रहरीले रायमाको शवलाई पोस्टमार्टमका लागि मिडफोर्ड अस्पतालमा पठाएको छ ।

रायमा ढाकाको ग्रीन रोड इलाकामा पति र दुई सन्तानका साथ बस्थिइन् । शिमू आइतबार बिहान मावामा सुटिङका लागि घरबाट निस्किएकी थिइन् । त्यसपछि उनी सम्पर्कविहिन भएकी थिइन् । छोराछोरीले उनलाई पटक–पटक मोबाइल सम्पर्क गर्न खोज्दा पनि सम्पर्क भएको थिएन । तर बेलुकासम्म रायमा घर नआएपछि परिवारका सदस्यले कालाबगान थानामा निवेदन दिएका थिए ।

शव मिलेपछि रायमाका भाई शाहिदुल इस्लाम खोकानले रायमाका पति सखावत अमीन नोबेलविरुद्ध उजुरी दिएका थिए । ढाकाका जिल्ला पुलिस अधीक्षक मारुफ हुसेन सरदरले सखावत र उनका साथीसहित एक कारलाई पनि नियन्त्रणमा लिएको बताए । उनका अनुसार गाडीको पछाडिको सिटमा रगत भेटिएको थियो ।

अभिनेता जायद खान पनि खोकानका साथ थानामा पुगेका थिए । फिल्मकर्मीहरुका अनुसार रायमाको बंगलादेश फिलम आर्टिस्ट एसोसिएशनमा सदस्यलाई लिएर जायदसँग विवाद चलिरहेको थियो । यद्यपि खानले आरोपको खारेज गर्दै उनले विगत दुई वर्षयता रायमासँग फोनमा कुराकानी नगरेको दाबी गरेका छन् ।

रायमाले आफ्नो अभिनय करियरको सुरुवात काजी हयातको फिल्म ‘प्रेजेण्ट’बाट गरेकी थिइन् । त्यसपछि उनले देलवर जहाँ झन्तु, चाशी नजरूल इस्लाम, शरीफ उद्दीन खान दीपूलगायतका निर्देशकका फिल्ममा काम गरिन् ।

सन् १९९६ देखि २००४ सम्म उनले करिब २५ फिल्ममा काम गरिन् । उनले ५० बढी नाटकमा पनि अभिनय गरिन् । उनको आफ्नो प्रोडक्सन हाउस पनि थियो ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ९ : २४ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ