आज २०७८ साल फागुन ६ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ साल फागुन ६ गते शुक्रबारको राशिफल


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ फागुन ६ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ रुयस्तो छ आजको फलादेश :

६ गते.शुक्रबार
मेष : दिन राम्रो छ। दैनिकी यथावत रहने छ। शिक्षामा गरेको लगानीबाट सकारात्मक परिणाम मिल्नेछ। पठनपाठनमा जोश जाँगर बढ्नेछ। आफन्तसँगको सम्बन्ध सुमधुर हुनेछ।

वृष : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रबाट उचाईमा पुग्ने दिन छ। आफन्तबाट सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाटसमेत राम्रो परिणाम प्राप्त हुनेछ। परीक्षाको तयारीमा हुनुहुन्छ भने सफलता मिल्ने योग छ।

मिथुन : दिन सामान्य राम्रो छ। झैझगडामा फस्नुपर्नेछ। पठनपाठनमा भने जोश जाँगर बढ्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ।

कर्कट : दिन राम्रो छ। आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। विद्यालय क्षेत्रमा गरेको लगानीले राम्रो फल दिनेछ। राजनीति र वैदेशिक क्षेत्रलाई प्राथमिकतामा राख्नुहोला।

सिंह : आजको दिन राम्रै छ। चन्द्रमा र गुरु बृहस्पति आमने सामने रहेकाले दैनिक कार्यमा सुधार हुनेछ। शाकाहारी भोजन गरेको राम्रो छ। अरु क्षेत्रमा शुभ फल मिल्नेछ।

कन्या : दिन सामान्य राम्रो छ। राजनीति, सामाजिक क्षेत्रहरु यथावत छन्। प्रतिस्पर्धी सक्रिय छन्। राजनीतिमा भने सहयोगी धेरै छन्। बलभन्दा बुद्धिले काम गर्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ। धार्मिक, सामाजिक, वैदेशिक क्षेत्रहरु यथास्थितीमा रहेपनि शिक्षाको क्षेत्रमा निकै राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीले राम्रो आर्थिक वृद्धि हुनेछ। साथीभाइसँगको सम्बन्ध सुमधुर रहनेछ।

वृश्चिक : दिन राम्रो छ। कर्म क्षेत्रमा जोशजाँगर बढ्नेछ। राजनीतिमा आफ्ना समकक्षीसँग सतर्कता अपनाउनुपर्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग छ। कुरा काट्नेहरु बढ्नेछन्।

धनु : दिन सामान्य राम्रो छ। वादविवाद हुनेछ। अनावश्यक खर्च हुने योग छ। परिवारबाट भने सहयोग मिल्नेछ।

मकर : दिन सामान्य छ। सामाजिक, आर्थिक, पारिवारिक क्षेत्रहरु यथास्थानमा छन्। वैदेशिक रोजगारीको क्षेत्रमा भने सफलता मिल्ने योग छ। तपाईको लगानीले गुणात्मक नतिजा प्राप्त हुनेछ। बोलीमा प्रभाव पर्नेछ।

कुम्भ : दिन राम्रो छ। शुभचिन्तक बढ्नेछन्। शैक्षिक क्षेत्रमा गरेको लगानीले राम्रो फल दिनेछ। खर्च बढ्नेछ।

मिन : दिन राम्रो छैन। नयाँ कामको सुरुवात नगर्नुहोला। विवाद हुने योग छ। सामाजिक क्षेत्रमा योगदान गर्नु उचित हुनेछ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ५ : १२ बजे

भक्तपुरमा १७ दिने दसैँ व्यापार मेला सुरु

भक्तपुर– भक्तपुर नगरपालिका-७ को महेश्वरी खेल मैदानमा आजदेखि दोस्रो भक्तपुर

स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था (तस्बिरहरू)

काठमाडौं– भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरूले

हुम्लामा आउन छोडे चिनियाँ च्याङ्ग्रा, खसीको मूल्य आकासियो

सिमकोट– कोरोना सङ्क्रमण भएपछि सदरमुकाम सिमकोटसहित हुम्लाभरि चिनियाँ च्याङ्ग्रा आउन

जलेका भवन टालटुल गरेर प्रयोगमा नल्याउन विज्ञको चेतावनी

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट देशभर २ हजार ७९ वटा

‘जेन-जी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य