विवाह भोजका लागि छिमेकीको घरमा जाँदा आफ्नो घरमा आगलागी « Khabarhub

विवाह भोजका लागि छिमेकीको घरमा जाँदा आफ्नो घरमा आगलागी


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका-१२ स्थित सिद्धार्थ टोलमा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर खरानी भएको छ ।

विद्युत सर्ट भई आगो सल्कीदा त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित सिद्धार्थ टोलका युवराज पराजुलीको घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घरमा कोही नभएको बेला आगो लागेको थियो । छिमेकीको घरमा विवाह भोजका लागि सपरिवार गएको बेला आगलागी भएकाले मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमको भनाई छ ।

राती ९ : ३० बजेदेखि आगलागी सुरु भएको छिमेकी अर्बीन चौधरीले जानकारी दिइन् । ‘सुरुमा धुवा जस्तो देखियो’ छिमेकी चौधरीले भने, ‘आगो लागेको थाहा पाएपछि हामी उद्धारका लागि जाँदा जाँदै घर सबै खरानी भयो । तीनकोठे काठको घरभित्र रहेको लत्ताकपडा, खाद्यान्न, नगद लगायतका कुनै पनि सामान सुरक्षित गर्न नसकिएको प्रहरीले जनाएको छ ।

आगो त्रियुगा नगरपालिकाको दमकलले झण्डै एक घण्टापछि नियन्त्रणमा लिएको थियो। क्षतिको बिवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ६ : ४० बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक