७ वर्षकी विश्व चर्चित युट्युबरले कमाइन् साढे ३ अर्ब « Khabarhub

७ वर्षकी विश्व चर्चित युट्युबरले कमाइन् साढे ३ अर्ब


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यता ७ वर्षका बालबालिकाले ठुलो परिचय बनाउन सकेका हुँदैनन् ।

यो उमेरका बालबालिकामा सामान्यता कुनै काम, शिक्षा वा विशेष प्रतिभा नहुँदा उनीहरू चर्चामा आउँदैनन् । तर रुसी सोसल मिडिया स्टार अनास्तासिया रेडजिस्काया भने केवल ७ वर्षको उमेरमै इन्टरनेटमा छाएकी छन् ।

अनास्तासिया सोसल मीडियाकै माध्यमबाट साढे तीन करोड रुपैयाँ भन्दा बढी सम्पत्तिको धनी बनेकी छन् । अनास्तासियाले ७ वर्षको उमेरमा ‘द बिगेस्ट किड युट्युबर इन द वल्र्ड’ को उपाधि समेत पाएकी छन् । उनले अघिल्लो वर्ष मात्र ३ करोड ६० लाख रुपैयाँ कमाएकी थिइन् ।

अनास्तासिया आफ्नो विलासी छुट्टीलाई युट्युबमा कन्टेन्ट बनाउँछिन् । यसलाई उनी युट्युब र इन्स्टाग्राम जस्ता सोसल मिडियामा अपलोड गर्छिन् । उनका करोडौँ फलोअर्स उनको विषयवस्तु मन पराउँछन् र यसैबाट अनास्तासियाले मोटो रकम कमाई गर्छिन् ।

सन् २०१४ मा जन्मिए लगत्तै अनास्तासियामा सेरेबरल पाल्स नामक स्नायु सम्बन्धी समस्या भयो ।  यसपछि उनका बुवा आमा अन्ना र सर्गेईले आफ्नो जागिर छोडे र छोरीका लागि युट्युब च्यानल ‘लाइक नास्त्या’ सुरु गरे ।

सुरुमा च्यानललाई अनास्तासियाका लागि एक एजुकेशनल प्रोजेक्टको रुपमा काम गरिएको थियो तर केही वर्षभित्रै उनले ठुलो रकम आम्दानी गरिन् । गत वर्ष अनास्तासिया युट्युबमा सबैभन्दा धेरै पैसा कमाउने कन्टेन्ट क्रियटर्सको शीर्ष १० को सूचीमा  छैटौँ स्थानमा पुगिन् ।

४ वर्ष अघि अपलोड गरिएको एउटा भिडियोलाई त ९० करोड १ लाख भन्दा धेरै भ्यूज पाएको छ । लाइक नात्स्या युट्युब अकाउन्टमा लगभग ८ करोड ७० लाख सब्सक्राइबर्स छन् । अनास्तासियाको यो सफलताको पछाडि उनको अभिभावकको ठूलो योगदान छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ८ : २० बजे

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना

ग्यास उद्योग परिसरमै उपभोक्ताको लाइन (तस्बिरहरू)

काठमाडौं– पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित अवस्थाका कारण पेट्रोलियम