२१ वर्षीय युवाले गरे मेयरमा उम्मेदवारी घोषणा « Khabarhub

२१ वर्षीय युवाले गरे मेयरमा उम्मेदवारी घोषणा


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – आसन्न स्थानीय तहको निर्वाचनमा लम्कीचुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

स्थानीय स्तरमा सामाजिक गतिविधिमा सक्रिय २१ वर्षीय भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बदल्नको लागि स्वतन्त्र रूपमा राजनीतिमा सक्रिय भएको भन्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

लम्की बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका कारण युवाहरूमाझ लोकप्रिय छन् ।

असहाय बालबालिकाहरूको लागी सहारा बन्दै आएका, आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसक्ने व्यक्तिको लागी सहयोग अभियान सञ्चालन गरी पीडितलाई सहयोग गर्ने गरेका छन् ।

‘यो समय समाजमा फरक सोच राख्ने व्यक्तिहरूले जिम्मेवारी लिन समय हो । यो समय मत सर्वेक्षण गर्ने समय पनि हो ।’ भाटले भने, ‘नतिजाले प्रभाव पक्कै पार्ने छैन।’

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ३३ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि