ओली-देउवा मिले प्रचण्डको भविष्य के होला ? « Khabarhub

ओली-देउवा मिले प्रचण्डको भविष्य के होला ?

एमसीसी पारित गर्न कांग्रेस र एमाले सहमति नजिक !


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अमेरिकी सहायता परियोजना एमसीसी सत्ता गठबन्धनकै लागी पेचिलो बनेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कुरा मिल्न नसक्दा एमसीसी सत्ता गठबन्धनकै लागी पेचिलो बनेको हो ।

सहमति जुटाउन देउवाले पटक पटक प्रयास गरिरहेका छन् । तर प्रचण्ड र माधव नेपालले नमानेपछि एमसीसीले सत्ताको भविष्य संकटमा परेको हो । देउवाले बिहीबार नै एमसीसी पारित गर्न सघाउन बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग मागेका छन् ।

स्रोतका अनुसार ओलीले देउवासँग गठबन्धन तोड्न माग गरेका छन् । गठबन्धन तोडेमा एमसीसी पारित गर्ने र सरकारलाई पनि सहयोग गर्ने ओलीको बचन छ । तर दुवै प्रकरणमा पहिला देउवाले निर्णय लिनुपर्ने प्रस्ताव पनि ओलीले अघि सारेका छन् ।

शुक्रबार पनि प्रचण्ड र माधव नेपाललाई मनाउने प्रयास सफल नभए एमालेलाई सरकारमा ल्याएर एमसीसी पारित गर्ने देउवाको तयारी छ । एमसीसी संशोधन नगरेर पारित गरे सरकार छाड्ने चेतावनी प्रचण्ड र माधव नेपालले यसअघि नै दिइसकेका छन् ।

एमसीसीकै कारण प्रतिनिधिसभाका पछिल्ला ६ वटा बैठक निरन्तर प्रभावित छन् । त्यसमा प्रमुख प्रतिपक्षी एमालेको अवरोध पनि मुख्य कारक छ । शुक्रबारको सत्ता गठबन्धनले एमालेको अवरोध हटाएर प्रतिनिधि सभामा एमसीसी टेबल गर्ने विषयमा सहमति जुटाउन नसके नेपाली राजनीति थप जटिल मोडमा पुग्नेछ ।

सत्ता गठबन्धनमा माओवादी र नेकपा एकिकृत समाजवादीको अडान नफेरिएकाले शुक्रबारको संसद् बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना न्यून देखिएको छ । जसले गर्दा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले गरेको प्रतिबद्धता अलपत्र पर्दै अबको लगभग एक हप्ताभित्र एमसीसी पारित नभए फिर्ता हुने समय नजिकिदो छ ।

यसले गर्दा पनि देउवाको दौडधुप तीव्र भएको हो । बालुवाटारमा सत्ता घटक नेताहरुसँग दैनिक भेटघाट गरिरहेका देउवा प्रतिपक्षी नेताहरुसँग पनि उत्तिकै संवादमा छन् । एमसीसीकै कारण सत्ता गठबन्धन टुट्ने तथा प्रतिपक्षमा बसेको एमाले फेरि सरकारमा आउने वातावरण बनेमा बैशाख ३० गतेको स्थानीय तहको चुनावमा नयाँ समीकरण बन्ने सम्भावना पनि छ ।

यद्यपी, पछिल्लो दुई दशकयता नेपाली राजनीतिका ‘सेन्ट्रेल’ खेलाडी प्रचण्डको कदममा वर्तमान राजनीति निर्भर छ । एमसीसीलाई लेखेकै पत्रअनुसार प्रचण्ड एमसीसी संसद्मा टेबुल गर्न मात्रै पनि तयार देखिए देउवाको दौडधुप घटेर चुनावको ज्वरो स्वतः बढ्ने परिदृश्य प्रकाशमा आउनेछ ।

तर फेरि नजिकिदो चुनावको मुखमा ओली र देउवाबीच सहमति भएर कांग्रेस र एमाले मिलेको खण्डमा माओवादी पार्टी र अध्यक्ष प्रचण्डको भविष्य के होला ? भन्ने टिका टिप्पणी पनि सुरु हुन थालेको छ । गएको चुनावमा एमालेसँग मिलेर सत्तामा जाने सिट जोगाएका प्रचण्ड यतिबेला नाजुक अवस्थामा छन् ।

सत्ता गठबन्धनकै आडमा सत्ताका प्रमुख खेलाडी बनेपनि आफ्नो दोहोरो चरित्रका कारण पार्टी कार्यकर्ता असन्तुष्ट छन् भने जनमानसमा माओवादी पार्टीको छवि धमिलो छ । यस्तो बेला प्रचण्ड मात्रै होइन, भर्खरै एमालेसँग छुट्टिएर बनेको नेकपा एकिकृत समाजवादी पार्टी र अध्यक्ष माधव नेपालको भविष्य पनि अन्योलताको भूमरीमा भासिने जोखिम छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ५६ बजे

गगन र विश्वलाई योगेको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न