डिभिजन वन कार्यालय लमजुङ उत्कृष्ट घोषणा « Khabarhub

डिभिजन वन कार्यालय लमजुङ उत्कृष्ट घोषणा


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय लमजुङलाई उत्कृष्ट कार्यालय घोषणा गरेको छ ।

जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट बन्न सफल भएको हो । प्रदेश सरकारले आफ्नो स्थापना दिवसको दिन उत्कृष्ट कार्यालयको रुपमा घोषणा गरेको कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत पूर्णेश्वर सुबेदीले बताए । कार्यमूल्यांकन मापदण्डको आधारमा कार्यालय उत्कृष्ट बनेको हो ।

कार्यालयको भवन, कार्यालय परिसर, सरसफाई, शौचालय व्यवस्थापन, सूचना बोर्ड, नागरिक बडापत्र, खानेपानी व्यवस्थापन, फाइल व्यवस्थापन, हल, फिल्डको गतिविधी, दैनिक सेवा प्रवाह, कर्मचारी अनुशासन लगायतको कुरालाई मूल्यांकन गरिएको थियो ।

कार्यालयले नयाँ खालका कामको पनि सुरुवात गरेको थियो । लमजुङ जिल्लाको डिजिटल नक्सा निर्माण, किताब प्रकाशन समेत गरेको थियो। प्रदेश सरकारले उत्कृष्ट घोषित गर्दा थप हौसला र ऊर्जा मिलेको बताए । कर्मचारी अभावका बाबजुत पनि राम्रो काम गर्न सफल भएको उनले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ८ : ३५ बजे

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना

ग्यास उद्योग परिसरमै उपभोक्ताको लाइन (तस्बिरहरू)

काठमाडौं– पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित अवस्थाका कारण पेट्रोलियम

सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

ललितपुर – ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सभापति