जेसिआई सिद्धार्थको विवाद : दुई जना अध्यक्ष « Khabarhub

जेसिआई सिद्धार्थको विवाद : दुई जना अध्यक्ष


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – विवादका कारण जेसिआई सिद्धार्थमा अध्यक्ष नै दुई जना बनेका छन् ।

‘व्यक्तिको होइन, विधिको शासन हुनुपर्छ’ विचार राख्ने सामाजिक संस्था जेसिआइ नै विभाजित बनेको छ । अनिता पाण्डे (अनुपा) र प्रकृति उप्रेतीले अध्यक्ष बनेको घोषणा गरेका हुन् ।

भैरहवाको किङ्गस प्यालेसमा २५ औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन आह्वान गरेर पाण्डेलाई अध्यक्ष घोषणा गरिँदा पिस नाइट होटलमा उप्रेतिले पदस्थापन गरिन् ।

२५ औँ पदस्थापनबाट २०२१ को अध्यक्षमा पदभार पाएकी रिमा न्यौपानेको कार्यकाल सकिएपछि वर्ष २०२२ को अध्यक्षमा दुई जनाले दाबी गरेका हुन् ।

अध्यक्ष पाण्डेले जेसिसको विधान अनुसार आफू अध्यक्ष भएको बताइन् । उप्रेतीले विगतमा भएको सम्झौता अनुसार आफू अध्यक्षमा निर्वाचित भएको बताइन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : १४ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि