लिलोङ्वेमा पुनः देखियो वाइल्ड पोलियो « Khabarhub

लिलोङ्वेमा पुनः देखियो वाइल्ड पोलियो


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिलोङ्वे–अफ्रिकाको भुपरिवेष्ठित राष्ट्र मलावीको राजधानी लिलोङ्वेमा वाइल्ड पोलियोका केसहरु पुनः देखिएको छ । राजधानी लिलोङ्वेमा एक बालकमा वाइल्ड पोलियोको केस देखापरेसँगै त्यहाँको स्वास्थ्य अधिकारीहरुले पोलियो ए टाइप भाइरस प्रकोपको घोषणा गरेका छन् ।

यता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अफ्रिकाका क्षेत्रीय निर्देशक डा मात्शिडिसो मोएतीले वाइल्ड पोलियो केसहरु संसारको कुनै पनि ठाउँमा रहेसम्म यसले सबै देशमा संक्रमण फैलाउन सक्ने जोखिम रहेको भन्दै सर्तक रहन चेतावनी दिएकी छन् । अफ्रिकी देशमा ५ वर्षको अन्तराल पछि सो पोलियोका संक्रमण पुनः देखिएको हो ।

सन् २०२० को अप्रिलमा अफ्रिकाले पोलियोमुक्त महादेश घोषणा गरेको थियो । हाल पोलियो पाकिस्तान तथा अफगानिस्तानका केही प्रान्तमा कायमै रहेको पाइएको छ । दुषित खाना तथा पानीको माध्यमबाट बालबालिकामा पोलियो भाइरस सर्ने गर्दछ ।

पोलियो रोगका कारण यसले बालबालिकाको स्नायु प्रणालीमा असर गर्दछ भने यसले २४ घण्टामा बालबालिकालाई पक्षघातमा समेत पुर्‍याउन सक्छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १ : ०० बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात