ड्रोन र हेलिकोप्टबाट नरभक्षी सार्कको खोजी « Khabarhub

ड्रोन र हेलिकोप्टबाट नरभक्षी सार्कको खोजी


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– सार्कको आक्रमणमा एक बेलायती पौडीबाजको मृत्युपछि बन्द गरिएका सिड्नीका समुद्री तटहरु खुलेका छन् । पौडी खेल्न गएका एक बेलायतीको सार्कको आक्रमणमा मृत्यु भएपछि सिड्नीका समुद्री तट बन्द गरिएको थियो । सार्कको आक्रमणमा ५९ वर्षपछि पहिलो पटक बुधबार एक जनाको मृत्यु भएको थियो ।

पूर्वी सिड्नीको समुद्री तटमा पौडी खेल्ने क्रममा बेलायतका ३५ वर्षीय सिमोन नेलिस्टको मृत्यु भएको थियो । समुद्री तट खुला गरिए पनि आइतबारका लागि तोकिएको एउटा लोकप्रिय परोपकारी पौडी रद्द गरिएको छ ।

३ मिटर लामो सो नरभक्षी सार्क मार्न राज्यका अधिकारीहरुले खोजी कार्य तीव्र पारेका छन् । सार्क फेला पार्न जेट स्कीमा सर्फ लाइफसेभरहरूले शहरको पूर्वमा बोन्डीदेखि दक्षिणमा क्रोनुल्लासम्म गस्ती गरेका थिए ।

सार्कलाई चारा दिन प्रयोग गरिने ड्रम लाइनहरू तटीय क्षेत्रमा राखिएको विवरण पनि सार्वजनिक भएका छन् । सार्कका गतिविधिहरु पत्ता लगाउन हेलिकोप्टर र ड्रोन परिचालन गरिएका छन् ।

आक्रमणपछि बिहीबार समुद्री तटमा पौडीबाजलाई जान रोक लगाइएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया