काँग्रेस प्रवक्ता डा. महत भन्छन्– काँग्रेसले गठबन्धन टुट्नुपर्छ भनेको छैन « Khabarhub

काँग्रेस प्रवक्ता डा. महत भन्छन्– काँग्रेसले गठबन्धन टुट्नुपर्छ भनेको छैन


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसिसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘कांग्रेसले एमसिसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन ।’

उनले सत्ता गठबन्धन र एमसिसी फरक विषय भएकाले एमसिसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताए । उनले भने, ‘गठबन्धनको विषय एउटा हो एमसिसीको अर्को विषय हो ।’ एमसिसीमा कुनै देशद्रोह नभएको उनले बताए । प्रवक्ता डा महतले एमसिसी नेपालको हितमा रहेको जनाउँदै भने, ‘नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देश द्रोह हो ? संसद्मा पेश गरौँ, कमीकमजोरी भए आउँछन् । किन हिच्किचाहट भएको छ ?’

सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै उनले सार्वभौम संसद्को अधिकार हो भने । दलहरुका एमसिसी बारेको स्पष्ट धारणा आउनुपर्ने जनाउँदै उनले भने, ‘संसद्मा एमसिसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नु पर्‍यो ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी पास गर्छु भनेर पत्र पठाएको स्मरण गराउँदै उनले भने, ‘प्रचण्डले एमसिसी पास गर्छौं भने सिग्नेचर गरेका हैनन् र ?’ विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसिसी संसद्मा लैजान खोजिएको स्मरण गराउँदै प्रवक्ता डा महतले अहिले सत्ता बाहिर पुगेपछि कुरा नफेर्न एमालेसँग आग्रह गरे । उनले भने, ‘एमसिसीका बारेमा आज एउटा कुरा भोलि अर्को कुरा । आज ठीक भोलि बेठीक । सत्तामा हुँदा ठीक नहुँदा बेठीक यस्तो पनि कुरा हुन्छ ?’

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १ : १५ बजे

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर