प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्री सिंहको निर्देशन | Khabarhub Khabarhub

प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्री सिंहको निर्देशन


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– बजेट खर्च न्यून भएपछि कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जिल्लास्थित कार्यालय प्रमुखलाई प्रत्येक महिनाको प्रगति विवरण पठाउन निर्देशन दिएका छन् ।

१० जिल्लाका कार्यालय प्रमुखसँग छलफल गर्दै मन्त्री सिंहले प्रत्येक महिना खर्चको विवरणसँगै प्रगति विवरण पेस गर्न निर्देशन दिएका हुन् । बजेट कार्यान्वयनमा समस्य देखिएपछि के कारणले समस्या भएको हो वा किन भएन भन्ने कुरासमेत अवगत गराउन मन्त्री सिंहले भनेका छन् ।

अहिलेसम्म मन्त्रालयको विकास खर्च ७ प्रतिशत मात्र भएको छ । १५ लाखभन्दा तलका योजनाहरू कार्यान्वयन नगर्न सरकार र प्रमुख प्रतिपक्ष दलबीच भएको सहमतिअनुसार काम गर्न समेत मन्त्री सिंहले निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १० : ४० बजे

सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यु

खाँदबारी– जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन

बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर

‘संकट समाधानको नेतृत्व राष्ट्रपतिले गर्नुपर्छ’

काठमाडौं– नेपालका लेखक तथा राजनीतिक विश्लेषकहरूले राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको

यस्ता छन् राजकिशोरले अघि सारेका संकट समाधानका चार विकल्प

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाललका उपाध्यक्ष एवम् प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल