कतारमा घरेलु कामदार ओसारपसार गर्ने तीन जना पक्राउ « Khabarhub

कतारमा घरेलु कामदार ओसारपसार गर्ने तीन जना पक्राउ


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कतारमा घरेलु कामदार ओसारपसार गर्ने एसियाली मुलुकका तीन जनालाई पक्राउ गरिएको छ ।

कतारको राहदानी महानिर्देशनालयको सच एण्ड फलो अनुगमन विभागले घरेलु कामदारको ओसारपसार, आश्रय र काममा लगाएको आरोपमा एसियाली मुलुकका तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

घरेलु कामदारको सम्बन्धमा सामाजिक सञ्जालमा शंकास्पद विज्ञापन गरी आवश्यक अनुमति लिएर र सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी धेरै घरेलु कामदारलाई आश्रय दिएको आरोपमा विभावले रंगेहात पक्राउ गरेको हो ।

सोधपुछका क्रममा अभियुक्तहरूले आफूमाथि लागेको आरोप स्वीकार गर्दै सामाजिक सञ्जालमा प्रकाशित विज्ञापनहरूमार्फत घरेलु कामदारलाई कसरी आश्रय दिने र काम गर्ने भन्ने विवरण दिएका थिए ।

सोही अनुसार अभियुक्तहरुलाई यस सम्बन्धमा थप कानुनी प्रक्रिया अगाडि बढाउन सार्वजनिक अभियोजनमा पठाइएको विभावले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : ०० बजे

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

एजेन्सी– इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम

काठमाडौं- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा