नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालबाट पदभार ग्रहण « Khabarhub

नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालबाट पदभार ग्रहण


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष हमाललाई पदभार ग्रहण गराएका हुन् ।

त्यसक्रममा अर्थमन्त्री शर्माले पुँजी बजार सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरे । पुँजी बजारको सुधारका लागि धेरै काम गर्न बाँकी काम रहेको मन्त्री शर्माले स्मरण गराएका थिए ।

उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यावहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको पनि बताएका थिए । नवनियुक्त अध्यक्ष हमालले बोर्ड र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ६ : ४१ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा