१६७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

१६७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १४४ कोरोना संक्रमितको आईसीयूमा र २३ को भेन्टिलेटरमा गरी कुल १६७ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ९ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेस प्रदेश मा ३ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ११३ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ७ जना आईसीयूमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसियूमा उपचाररत छन् भने सुदुरपश्चिममा ८ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ८ : ३० बजे

 एमालेको महाधिवेशन : भोट हाल्न लाइन लाग्दै प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले