कोभिड कहरले स्थगित ‘बी’ लेभल राष्ट्रिय ब्याडमिन्टन भोलिदेखि « Khabarhub

कोभिड कहरले स्थगित ‘बी’ लेभल राष्ट्रिय ब्याडमिन्टन भोलिदेखि


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– कोभिड–१९ सङ्क्रमण जोखिमका कारण स्थगित गरिएको ‘लाफा’ बी लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ ।

लाफा समूहले माघको २२ र २३ गते दुई दिने लाफा बी लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेकोमा सरकारले विद्यालय, सार्वजनिक यातायात, सिनेमा हल, जिम हाउसलगायत खेलकुदका विभिन्न गतिविधिहरूमा रोक लगाएसँगै स्थगित गरिएको थियो ।

अहिले कोभिड सङ्क्रमण कम हुँदै गएपछि सरकारले रोक लगाएका क्षेत्रहरू खुलेसँगै प्रतियोगिता आयोजना गर्न लागिएको समूहका अध्यक्ष तारा रेश्मीमगर जानकारी दिए । साथै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पनि उनले जानकारी दिए ।

हालसम्म प्रतियोगितामा लुम्बीनी प्रदेश सहित चितवन, मनाङ, स्याङ्जा, बागलुङ र दाङका खेलाडीहरूले टिम दर्ता गरेको खेल संयोजक पुरन गाहाले जानकारी दिए । अहिलेसम्म खुल्लामा ३८ र भेट्रानमा २९ टिमले दर्ता गरेको उनले जानकारी दिए ।

प्रतियोगितामा खुला तर्फका विजेताले ३५ हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले २० हजार तथा तेस्रो हुनेले १० हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी तथा उदयमान खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक तथा समूहका उपाध्यक्ष बबीन थापाले जानकारी दिए ।

त्यस्तै भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार ५५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ २५ सय दर्ता शुल्क र भेट्रान्सतर्फ दुई हजार दर्ता शुल्क राखिएको थापाले जानकारी दिए । शनिबार बिहान ९ बजे बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रतियोगिताको उद्घाटन गर्ने संयोजक थापाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयाँ खर्च अनुमान गरिएको समूहका संरक्षक वासुदेव लामिछाने मगरले जानकारी दिए । खेलप्रेमी र विभिन्न संघसंस्थाहरूको सहयोगबाट प्रतियोगिता गर्न लागिएको उनले बताए ।

लगातार तीन वर्षसम्म राष्ट्रिय लेभलको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको समूहले यस वर्ष स्थानीय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बी लेभलको प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : १६ बजे

आज २०८२ साल चैत १९ गते बिहीबारको राशिफल 

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना