आज २०७८ साल चैत ४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत ४ गते शुक्रबारको राशिफल


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल चैत ४ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत ४ गते शुक्रबार

मेष : दिन सामान्य राम्रो छ। पैतृक सम्पत्तिबाट सुरु गरेको काममा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। शत्रु बढ्नेछन्। पेटमा समस्या आउनेछ।

वृष : दिन सामान्य राम्रो छ। बोलीमा मिठास आउँनेछ। प्रेममा धोका पाइनेछ। आफूले विश्वास गरेकाहरुबाट घात पाइने भएकाले सतर्कता अपनाउनुहोला। शिक्षाको क्षेत्रमा भने राम्रो छ।

मिथुन : आज त्यत्ति राम्रो छैन। पठनपाठनमा आलस्य बढ्नेछ। रोग र शत्रु बढ्ने देखिएको छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा मिल्नेछ। परिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। जोशजाँगर बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। अन्य क्षेत्र काम चलाउने मात्र रहनेछ। रोगको प्रकोप बढ्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी परास्त हुनेछन्। प्रतिवाद गर्नुपर्नेछ। प्रेममा सफलता मिल्नेछ। आफ्नाबाट सतर्क रहेर मात्र काम गर्नुहोला।

कन्या : दिन निकै राम्रो छ। बोलीमा मिठास रहन्छ। रोगमाथि विजय प्राप्त हुनेछ। शत्रु निस्तेज हुनेछन्। शिक्षाको क्षेत्रमा तपाईंले गरेको श्रम लगानीबाट उन्नति हुनेछ।

तुला : दिन सामान्य राम्रो छ। आयआर्जन र खर्च उस्तै हुनेछ। राजनीति, सामाजिक, आर्थिक, पारिवारिक क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा उन्नति हुने देखिएको छ। लामो यात्रामा भने ननिस्कनुहोला। कतैजानै परे उत्तरतिरको यात्रामा नगएको राम्रो हुन्छ।

वृश्चिक : दिन राम्रै छ। रोकिएका काम बन्नेछन्। प्रतिस्पर्धी निस्तेज हुनेछन्। प्रेममा कटुता बढ्नेछ। साथीभाइसँगको सम्बन्ध भने सौहार्दता पूर्ण रहनेछ।

धनु : दिन सामान्य राम्रो छ। उत्साह बढ्नेछ। बोल्दा ख्याल गर्नुपर्नेछ। घमण्ड बढ्नेछ। प्रेमीप्रेमिका बीचको सम्बन्ध सुमधुर रहनेछ।

मकर : आजको दिन धेरै राम्रो छ। काम गर्नु अगाडि गणेश भगवानलाई सम्झनुहोला। प्रेम सम्बन्ध सुमधुर हुनेछ। राम्रो दिन भएकाले सदुपयोग गर्नुहोला।

कुम्भ : आजको दिन तपाईंका लागि राम्रो छैन। ठूला काम नगरेको राम्रो। सभा वा सम्मेलनमा बस्दा मौन रहेर बस्नुहोला। दिन नराम्रो भए पनि प्रेम बढ्नेछ। कुनै काम गर्नै पर्ने भए सल्लाह लिएर गर्नुहोला।

मिन : आजको दिन तपाईंका लागि राम्रो छ। परीक्षा लेख्नु भएको भए नतिजा राम्रो प्राप्त हुनेछ। परिवारिक सम्बन्ध सुमधुर हुनेछ। परिवारको साथ लिएर गरेको काम सफल हुनेछ।

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ५ : १३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्