महिला कैदीबन्दी राख्न थालियो तनहुँ कारागारमा « Khabarhub

महिला कैदीबन्दी राख्न थालियो तनहुँ कारागारमा


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो ।

महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइएको छ । तनहुँ ठेगाना भएका ती महिलालाई कास्कीबाट यहाँ स्थानान्तरण गरिएको अधिकारीले बताए । ‘महिला बन्दीगृह नहुँदा तनहुँबाट कास्की पठाइएका उनीहरुलाई पुनः यहीँ पठाइएको छ’, उनले भने । त्यसमध्ये दुई थुनुवा र नौ कैदीबन्दी रहेको अधिकारीले जानकारी दिए।

तनहुँ अदालतबाट पनि एक महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ती महिलालाई पनि महिला बन्दीगृहमै राखिएको अधिकारीले बताए। तनहुँमा निर्माण गरिएको महिला बन्दीगृहमा २० जना राख्न मिल्ने क्षमता छ । महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेकामा अब उक्त बाध्यता अन्त्य भएको छ । कारागारको पुरानो कार्यालय भवन र सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालन गरिएको हो ।

कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको हो । गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयमार्फत रु २० लाख बजेटको काम भए पनि बजेट अपुग हुँदा चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनले रु २० लाख बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : ४५ बजे

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको