३० जना युवायुवतीलाई प्लम्बिङ तालिम « Khabarhub

३० जना युवायुवतीलाई प्लम्बिङ तालिम


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको राईनासमा प्लम्बिङ तालिम सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य संघ महिला विकास समितीको आयोजना एवं ग्रामीण तालिम विकास केन्द्र सिटिईभिटीको सहयोगमा प्लम्बिङसम्बन्धी ३ सय ९० घण्टाको तालिम सुरु भएको हो ।

नगरपालिका भित्रका युवायुवतीलाई व्यवसायिक सिप सिकाएर गाउँठाउँमै स्वरोजगारको अवसर सिर्जना गर्ने नगरपालिकाको उद्देश्य रहेको राइनास नगरपालिकाकी उपमेयर धनकुमारी गुरुङले बताइन् । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले व्यवसायीको आवश्यकता र माग बमोजिम विभिन्न विधाका तालिम आयोजना गर्दै आएको बताए ।

तालिममा राईनास नगरपालिका अन्तर्गतका ३० जनाको सहभागिता रहेको छ । तालिममा अधिकांश महिलाको सहभागिता छ । प्लम्बिङको काम प्राय पुरुषले गर्ने तथा गर्दै आएको भए पनि महिलाले पनि पुरुष सरहका काम गर्न सक्छन् भन्ने सन्देश दिन महिला सहभागिता बढी गराइएको लमजुङ उद्योग बाणिज्य संघ महिला विकास समितीका सचिव स्वस्तिका चिलवालले बताइन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ८ : ०१ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता