नवनिर्मित २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति उद्‍घाटन « Khabarhub

नवनिर्मित २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति उद्‍घाटन


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवाको सदरमुकाम धुन्चेमा निर्माण गरिएको २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति बिहीबार उद्‍घाटन गरिएको छ ।

जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।

नवनिर्मित मूर्तिको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, वडाध्यक्ष दावासिदार वाइबा, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ तथा लामा गुरुले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६, धुन्चेको पुन्हुमा समाजसेवी स्वर्गीय कारसिंगी तितुङ झाँक्रीले गाउँघरमा आइपर्ने विभिन्न बाधा अड्चनलाई साम्य पार्ने हेतुले यसको हुसुङ गोम्बो (छ्योर्तेन) निर्माण गरिएको थियो ।

उक्त हुसुङ गोम्बो २०७२ सालमा आएको विनासकारी भूकम्पले पूर्ण क्षति भएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : १५ बजे

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका