अस्पताल जाँदा अब अनिवार्य पीसीआर गर्नु नपर्ने « Khabarhub

अस्पताल जाँदा अब अनिवार्य पीसीआर गर्नु नपर्ने


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अबदेखि स्वास्थ्य संस्था तथा अस्पताल जाँदा अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनुनपर्ने भएको छ । कोरोनाभाइरसविरुद्ध खोपको पूर्ण मात्रा लगाइसकेका व्यक्तिले उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण नगराउँदा पनि हुने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै खोपको पूर्ण मात्रा लगाएको र कोभिड १९ संक्रमणका कुनै लक्षण नदेखिएको खण्डमा पीसीआर परीक्षण गराउनुनपर्ने बताएको हो । तर, यसका लागि खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्नेछ ।

सरकारले यो निर्णय २३ फागुनमै लागु गरेको थियो । तर, कतिपय स्वास्थ्य संस्था तथा अस्पतालले अझै पनि अनिवार्य रुपमा पीसीआर परीक्षण गराउँदै आएका छन् । मन्त्रालयले खोप कार्ड देखाएर पीसीआर परीक्षण नगरी उपचार गराउनसमेत सबै स्वास्थ्य संस्था तथा अस्पताललाई परिपत्र गरेको छ ।

कोरोना महामारी सुरु भएदेखि नै उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण अनिवार्य गरिँदै आएको थियो ।

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : ४० बजे

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका