इस्लाम धर्मावलम्बीले आज सब्बेबरात पर्व मनाउँदै « Khabarhub

इस्लाम धर्मावलम्बीले आज सब्बेबरात पर्व मनाउँदै


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले आज एक साथ सब्बेबरात पर्व मनाइरहेका छन् ।

यस सब्बेबरात पर्वमा मुस्लिम समुदायका व्यक्तिले दुई दिन रोजा (व्रत) बस्ने गर्दछन् । मृत्यु भइसकेका पुर्खाको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष यो पर्व मनाउने गरेको मौलान मशहुद खान नेपाली बताए ।

मुस्लिम समुदायले यस पर्वलाई आफ्नो समुदायको पर्वको मुख्यद्वार पनि मान्दै आएका छन् । सब्बेबरात पर्वपछि मुस्लिम समुदायका अन्य पर्व निरन्तररुपमा एकपछि अर्को पर्व आउने भएकाले यस पर्वलाई पर्वको प्रवेशद्वार मानिएको हो । अबका १५ दिनपछि मुस्लिमको एक महिने रमजान पर्व सुरु हुन्छ । त्यसपछि इद, बकर इद आउँछ ।

गत वर्ष गरेको कामको लेखाजोखा र आउने वर्षका लागि योजना तय गर्ने गरिन्छ । यस पर्वमा अल्लाहको इबादत नमाज (प्राथना) मुस्लिम ग्रन्थ कुरान वाचन, कब्रिस्तान (चिहान) मा प्रार्थना र गरिब दुःखीलाई दान दिने चलन रहिआएको मुस्लिम आगुवा असलमले जानकारी दिए।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : २० बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले