फिलिपिन्सका राष्ट्रपति डुटेर्टेको प्रश्न – ‘युक्रेनमा मैले किन सेना पठाउने ?’ | Khabarhub Khabarhub

फिलिपिन्सका राष्ट्रपति डुटेर्टेको प्रश्न – ‘युक्रेनमा मैले किन सेना पठाउने ?’


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले यदि युक्रेनमा जारी युद्धमा अमेरिका सामेल भएको खण्डमा आफ्ना सेना नपठाउने घोषणा गरेका छन् । एक सम्बोधनका क्रममा डुटेर्टेले यस्तो बताएका हुन् ।

‘म सेना पठाउने छैन । यदि अमेरिकीहरू युद्धमा सहभागी हुन चाहन्छन्, अमेरिकीहरू यहीँ छन्, मैले किन सेना पठाउने ?’ उनले भने, ‘यदि हिंसा फैलिएको र केही गरी युद्ध यहीँ आइपुगेको खण्डमा अत्यन्त कठिन हुनेछ । म राष्ट्रपति रहेसम्म मेरा एउटै सैनिकलाई पनि युद्धमा पठाउन्न ।’

अमेरिका र फिलिपिन्सबीच आपसी रक्षा सन्धि कायम छ । जसअनुसार एक मुलुकमाथि तेश्रो पक्षले आक्रमण गरेको खण्डमा अर्को मुलुकले सहयोग गर्ने उल्लेख छ ।

सन् २०१६ मा राष्ट्रपतिको पद सम्हालेयता डुटेर्टेले दुई पटक रुसको भ्रमण गरेका छन् । यसअघि केही अवसरमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो ‘व्यक्तिगत मित्र’ र ‘आदर्श’ भएको बताएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १२ : ४२ बजे

आइपिएलमा आज गुजरात र चेन्नई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

इजरायल एक्लै लड्न तयार छ : नेतान्याहु

इजरायल – इजरायलले रफाहामा आक्रमणलाई निरन्तरता दिए सैन्य सहयोग रोक्न

तनहुँमा प्लास्टिक झोलामुक्त अभियान

तनहुँ– आगामी जेठ १ गतेदेखि व्यास नगरपालिकालाई प्लाष्टिक झोलामुक्त तुल्याउने

केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउँदै

काठमाडौं– भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च

स्वास्थ्य बीमा कार्यक्रम : बुझ्न बाँकी र बुझ्नैपर्ने कुरा

आम नागरिकले स्वास्थ्यका लागि व्यहोर्नुपर्ने खर्च कम गर्न सरकारले ल्याएको