नीता निर्देशक नबन्ने « Khabarhub

नीता निर्देशक नबन्ने


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केहि समय यता अभिनेत्री नीता ढुङ्गानाले म्युजिक भिडियो निर्देशन गरिरहेकी छिन् । ज्योतिषसँगै अभिनेता समेत रहेका हरिहर अधिकारीसँग नजिकिएपछि उनले फिल्म निर्माण गर्ने तयारी समेत थालेकी छिन् ।

‘ह्रस्व–दीर्घ’ शिर्षक राखेर फिल्म निर्माण गर्ने तयारीमा रहेकी नीताले निर्देशन गर्ने चर्चा केहि दिन अगाडी भयो । निर्माणमा हरिहरसँग सहकार्य गर्ने र निर्देशनमा डेब्यु गर्ने तयारी नीताको थियो । यद्दपी उनले निर्देशनबाट आफुलाई अलग राख्ने निर्णय गरेकी छिन् ।

फिल्मसँग जोडिएको एक सदस्यले नीता निर्मात्री, अभिनयको जिम्मेवारीमा मात्र सिमित रहन चाहेको बताए। उनका अनुसार फिल्म निर्देशनको जिम्मा चन्द्र पन्तले पाएका छन् ।

नीताको निर्मात्रीको रुपमा पहिलो फिल्म भएकाले उनले लगानीसँगै अभिनयमा मात्र केन्द्रीत हुने निर्णय लिएकी छिन् । यद्दपी उनको लक्ष्य भनेको निर्देशन भएता पनि अहिलेलाई त्यो थाती राखेकी छिन्’ फिल्मसँग जोडिएका ती सदस्यले भने । यद्दपी नीता भने अहिले नै निर्णय नभइसकेको बताउँछिन् ।

कुराकानीको क्रममा नीताले निर्देशनको निर्णय छलफल पश्चात लिने बताइन् । ’अहिले नै के गर्ने भन्ने निर्णय भएको छैन । निर्देशनको विषयमा छलफल भइरहेको छ । ‘ह्रस्व–दीर्घ’ पहिलो प्रोजेक्ट भएकाले अहिले यसको स्क्रिप्ट र संगीतमा काम भइरहेको छ’ नीताले भनिन् । उनले आउँदो भाद्रमा छायांकन गर्ने तयारीमा आफु सहित टिम रहेको समेत बताइन् । यसै फिल्म निर्देशनका लागि रामजी लामिछाने, झरना थापा, सुदर्शन थापासम्मको नाम चर्चामा थियो । यद्दपी यो जिम्मेवारी पन्ततर्फ पुगेको छ ।

यो फिल्मको छायाँकारको रुपमा सञ्जय लामा रहने छन् भने बाँकी कलाकार तथा प्राविधिकको छनौट हुन बाँकी रहेको छ । नीताले चन्द्र पन्तको निर्देशनमा एउटा भोजपुरी फिल्ममा काम गरेकी थिइन् । यहि फिल्ममा काम गर्दाको विश्वासमा नीताले आफूले बनाउन लागेको फिल्म चन्द्रलाई निर्देशन गर्न दिएकी हुन् ।

हरिहर र नीताले यसअघि टेलिभिजन सो र एउटा म्युजिक भिडियोमा सहकार्य गरेका छन् । हरिहरले सञ्चालन गर्ने हरिहर सो र उनकै अभिनय रहेको एक शिवस्तोत्र ‘जय जय नीलकण्ठ’ नीताले नै निर्देशन गरेकी थिइन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १ : ५० बजे

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको