रुस र टर्कीका राष्ट्रपतिबीच टेलिफोन वार्ता « Khabarhub

रुस र टर्कीका राष्ट्रपतिबीच टेलिफोन वार्ता


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको छ । युक्रेनमा रुसी आक्रमण निरन्तर चलिरहेका बेला दुई राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको हो ।

सो वार्ताका क्रममा रुस र युक्रेनको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसबाहेक दुई देश बीचको व्यापार, लगानी तथा अन्य द्विपक्षीय व्यापारिक सम्झौता र सहमतिका बारेमा कुराकानी भएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रुसी प्रशासन क्रेमलिनले दिएको जानकारी अनुसार फोन वार्ताका क्रममा हालै रुस र टर्कीका विदेशमन्त्रीबीच यसअघि भएको भेटवार्ताका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

साथै रुसले युक्रेनमाथि गरिरहेको आक्रमणका बारेमा पनि टेलिफोन वार्तामा कुराकानी भएको क्रेमलिनले जानकारी दिएको छ । त्यसक्रममा टर्कीस राष्ट्रपतिले युक्रेनबाट रुसले आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काउनका सहयोग गरेकामा रुसी राष्ट्रपतिलाई धन्यवाद दिएका थिए ।

रुसले युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ । रुसले युक्रेनमा गरिरहेको हमला तेस्रो हप्ता भन्दा पनि बढी भएको छ । यी दुई देशबीचमा शान्ति वार्ताको पहल भएको भनिए पनि निकास भने निस्किएको छैन ।

(राससबाट)

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  २ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै