जनताले मुलुकको परिवर्तनको महशुस गर्ने गरि सरकारले काम गर्नेछ : मन्त्री श्रेष्ठ « Khabarhub

जनताले मुलुकको परिवर्तनको महशुस गर्ने गरि सरकारले काम गर्नेछ : मन्त्री श्रेष्ठ


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जनताले मुलुकको परिवर्तनको महशुस गर्ने गरि सरकारले काम गर्ने बताएकी छन्।

शुक्रबार नापी कार्यालय भक्तपुरद्वारा मध्यपुर थिमिमा आयोजित लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जनताले परिवर्तनको वास्तविक महशुस गराउनका लागि सरकार र जनप्रतिनिधि इमान्दार हुनुपर्ने बताएकी हुन्।

जनतालाई परिवर्तनको बोध अनुभूति हुने गरी विकास निर्माण र सेवा सुविधा प्रदान गर्ने कार्यमा सबै जनप्रतिनिधि लाग्नु पर्ने उनको भनाइ छ । उनले नापी र मालपोतका कर्मचारी भन्ने बितिकै जनताले मुख फर्काउने काम गरेको इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई सुझाव दिइन्।

लाल पूर्जाको अभावमा राष्ट्रियता विहीन र मौलिक अधिकार उपभोग गर्नबाट अझै केहि नेपाली बञ्चित हुन परेको अवस्था रहेको भन्दै मन्त्रि श्रेष्ठले यसलाई छिटै अन्त्य गरिने धारणा राखिन्। लालपूर्जा वितरण कार्यक्रम सुरु गरेपछि मन्त्रालयले करिब १५ हजारको हाराहारीमा पूर्जा वितरण गरिसकेको उनले जानकारी दिइन् ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिका साविक वडा नं ६ र ७ का बासिन्दालाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ३ : ५१ बजे

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना