अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखिने « Khabarhub

अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखिने


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– बलात्कार गरेको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत तनहुँले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप भएको म्याद आज सकिएको थियाे । मुद्दाको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले म्याद थपका लागि सरकारी वकिलको कार्यालयमार्फत अदालतसमक्ष पेश गरेको थियो ।

तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिन थप समय दिएको थियो । तर, अनुसन्धान नसकिँदै नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएको थियो । जसले गर्दा तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको थिएन । नवलपुर लगिएका कारण थपिएको समयमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको लागि अदालतसँग अनुरोध गरेको थियो ।

पलसँगै उनका म्यानेजर कृष्णप्रसाद जोेशीलाई पनि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

यता, नवलपुर जिल्ला अदालतमा भने शाहविरुद्ध अभियोगपत्र दर्ता भइसकेको छ । तनहुँ प्रहरीको हिरासतमै रहेका बेला नवलपुर लगिएको थियो । नवलपुर प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्दै हिजो सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।

अभियोग पत्रमा शाहलाई १२ देखि १४ वर्ष जेल सयाजको माग दाबी गरिएको छ । अब तनहुँमा अनुसन्धान सकिएपछि थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ३ : ३८ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न