पोखरा यातायात कार्यालयका तत्कालीन निमित्त प्रमुखसहित ९ जनाविरुद्ध मुद्दा दायर « Khabarhub

पोखरा यातायात कार्यालयका तत्कालीन निमित्त प्रमुखसहित ९ जनाविरुद्ध मुद्दा दायर


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायातका कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन शाखा अधिकृत हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, कम्प्युटर अधिकृत होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल, कम्प्युटर अपरेटर मोहनमणि सुवेदी र अधिकृतस्तरका भरतमणि बराल छन् ।

उनीहरूले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्ण भएकालाई उत्तीर्ण गराई भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।

२०७५ सालको मंसिर, २०७६ सालको कार्तिक र मंसिरमा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा उनीहरूले अनुत्तीर्णहरूलाई उत्तीर्ण गराएको आरोप छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ३ : ५५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ