पुटिनको आलोचना गर्ने मोडेलको शव भेटियो « Khabarhub

पुटिनको आलोचना गर्ने मोडेलको शव भेटियो


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्ने मोडलको शव फेला परेको छ । २३ वर्षे मोडल ग्रेटा वेड्लरको शव सुटकेशभित्र फेला परेको जनाइएको छ ।

गत वर्ष सामाजिक सञ्जालमा पुटिनप्रति आलोचनात्मक टिप्पणी गरेको केही समयलगत्तै देखि उनी हराइरहेकी थिइन् । उनले पुटिनलाई ‘मनोरोगी’ को संज्ञा दिएकी थिइन् ।

राष्ट्रपतिको आलोचना असह्य हुने रुसमा उनी हराएको घटनालाई पुटिनप्रति आलोचनात्मक टिप्पणीसँग जोडेर हेरिएको थियो । यद्यपि उनको मृत्यु र पुटिनको आलोचनाबीच कुनै सम्बन्ध नरहेको यतिबेला खुलासा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनका पूर्व ब्वाईफ्रेन्ड दिमित्री कोरोभिनले अघिल्लो वर्ष नै ‘ईर्ष्याका कारण’ उनको हत्या गरेको स्वीकारेको जनाइएको छ । उनको हत्या गरेपछि पनि कोरोभिनले वेड्लरको सामाजिक सञ्जाल अकाउन्टबाट पोष्ट गर्दै उनी जीवितै रहेको देखाउने प्रयास गरेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ४ : ३७ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल