यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य, सोमपालले लिए ४ विकेट « Khabarhub

यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य, सोमपालले लिए ४ विकेट


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएकाे एक सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० ओभरमा तीन विकेट गुमाएकाे छ ।

यसअघि युएईले ४६ ओभर तीन बलमा सबै विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार गरेकाे थियाे । यूएईका चुन्दाङ्गापोइल रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाए । यस्तै, ओपनर मुहम्मद वसिमले २१, कासिफ दाउदले १८ र बसिल हमेदले १४ रन बनाए ।

युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले चार विकेट लिए । नौ ओभर बलिङ गरेका सोमपालले ३९ रन खर्चिए । यसबाहेक, करण केसीले तीन विकेट लिए । उनले ७।३ ओभर बलिङ गर्दा एक मेडनसहित १६ रन खर्चिए । यस्तै, कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान एक विकेट हात पारे ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो । डिभिजन २ मा नौ खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । यस्तै, दोस्रो स्थानमा रहेको युएईले १५ खेलबाट १८ अंक जोडेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ४ : २२ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी