दल तथा उम्मेदवारले २५ हजारभन्दा बढी चन्दा बैंकमार्फत् लिनुपर्ने « Khabarhub

दल तथा उम्मेदवारले २५ हजारभन्दा बढी चन्दा बैंकमार्फत् लिनुपर्ने


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तहको चुनावमा दल र उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढी चन्दा लिँदा बैंक तथा वित्तीय संस्थामार्फत् गर्नुपर्ने भएको छ ।

निर्वाचन आयोगले हालै ल्याएको निर्वाचन आचारसंहित २०७८ मा यस्तो व्यवस्था गरिएको हो ।

‘राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत् दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नु पर्ने,’ निर्वाचन आचारसंहितामा लेखिएको छ, ‘पच्चीस हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत् गर्नुपर्ने ।’

उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा अनिवार्य रुपमा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्नेछ ।

उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारीसमेत तोक्नुपर्ने आचारसंहितामा उल्लेख छ । खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम र विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्नेछ ।

व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ ।

उम्मेदवार वा दलको आम्दानी–खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्नेछ ।

‘आयोगले खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने,’ निर्वाचन आचारसंहितमा उल्लेख छ ।

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपश्चात सार्वजनिक गरी प्रचलित निर्वाचनसम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोगमा बुझाउनु पर्नेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ४ : ३७ बजे

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका  संयोजक तथा  तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री

महामन्त्रीमा प्रमोद न्यौपानेको उम्मेदवारी, दीपक बोहरा पदाधिकारी दौडबाट बाहिर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयन प्रक्रियामा

महामन्त्री पदमा १० जनाको उम्मेदवारी, रञ्जु दर्शना मात्रै महिला प्रत्याशी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पदका लागि

महिला उपसभापतिमा तोशीमा र सोबिताबीच प्रतिस्पर्धा, लिमा अधिकारी पछि हटिन्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा