अञ्जिलाको जीवनसँग प्रभावित फिल्म बन्ने « Khabarhub

अञ्जिलाको जीवनसँग प्रभावित फिल्म बन्ने


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने घोषणा भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै उनको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ फिल्म बन्ने घोषणा गरिएको हो । 

अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन् । मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको फिल्ममा अभिनय रहने छ ।

अञ्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइने निर्देशक चाम्सले जानकारी दिए । ‘अञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई फिल्ममा देखाउने छौं । सफल खेलाडी बन्नु अगाडि अञ्जिलाले गरेका दुःखहरु धेरै छन्, त्यसलाई फिल्ममा विशेष जोड दिनेछौं । इच्छा भयो र गर्न चाहे असम्भव भन्ने कुरा नहुने सन्देश फिल्मले दिनेछ ’ निर्देशक चाम्सले भने । 

फिल्मलाई ठ्याक्कै अञ्जिलाको बायोपिक भन्न नरुचाउने चाम्सले उनकै कथामा फिल्म ७५ प्रतिशत हुने र २५ प्रतिशत भने वास्तविक कथासँग जोडिएका अन्य कथाहरुलाई जोड्ने बताए । आमाकै खातिर पनि फिल्ममा अभिनय गर्न लागेकी अञ्जिला अहिले मण्डला थिएटरमा अभिनय सिकिरहेकी छन् । फिल्ममा आफ्नोतर्फबाट सकेको काम गर्न कुनै कसर नछाड्ने उनी बताउँछिन् । 

त्यस्तै, अभिनेता दयाहाङ राईले पहिलो पटक आफूले खेलाडीको बायोपिकमा काम गर्न लागेकोमा खुसी व्यक्त गरे । फिल्म घोषणा सभामा प्रमुख अतिथीको रुपमा उपस्थित भएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुबै क्षेत्र एकसाथ अगाडि बढ्नु पर्ने धारणा गरे । ’हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कला संस्कृति र खेलकुद हुन् । यहाँ दुई नै जोडिएर आएका छन् । त्यसैले यसलाई झनै मेहनत गरेर बनाउन आग्रह गर्दछु’ युवा तथा खेलकुद मन्त्री गहतराजले भने । 

केन्द्र मोशन पिक्चर र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा प्रेम कुमार श्रेष्ठ र केन्द्र लिम्बु निर्मातामा छन् । विनोद अग्रवाल र राजेश अग्रवाल सह–निर्माता रहेको फिल्मको आउँदो वर्षको जेठ अन्तिमबाट छायांकन हुनेछ । यम थापाको कथा रहेको फिल्मलाई सुदीप बरालले खिच्नेछन् । फिल्मको घोषणा सभामा खेलकुद मन्त्री महेश्वर गहतराजसँगै खेलकुद सचिव दीवाकर रेग्मी लगायतको पनि उपस्थिति रहेको थियो ।

फिल्मको छायाङ्कन जेठ दोस्रो साताबाट सुरु हुनेछ । इलामको फिक्कल र काठमाडौंमा छयाङ्कन हुने फिल्ममा अन्जिलाको संघर्ष र जीवन यात्रालाई प्राथमिकतामा राखेर निर्माण हुने बताइएको छ । २०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी अञ्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेञ्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । 

अञ्जिला राष्ट्रिय टोली र एपिएफकी पहिलो रोजाईकी गोलकिपर हुन् । गत वर्ष सम्पन्न राष्ट्रिय महिला लिगमा एपिएफ च्याम्पियन बन्दा टोलीको गोलपोष्ट उनले नै सम्हालेकी थिइन् । लिगका १२ खेलमा उनले मात्र एक गोलको सामना गर्नु परेको थियो । उनले पाकिस्तानको राष्ट्रिय लिगमा मासा युनाइटेडबाट व्यवसायिक फुटबल खेलेकी थिइन् । गत वर्षको लिगमा उनले उक्त टोलीको कप्तानी समेत गरेकी थिइन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ५ : १४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्