जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न आह्वान « Khabarhub

जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न आह्वान


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपका पूर्व एवम् वर्तमान राजनीतिक नेताहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न नर्वेको नोबेल शान्ति समितिसमक्ष आग्रह गरेका छन् ।

‘त्यसैले हामी तपाई, समितिलाई आग्रह गर्छौँ– राष्ट्रपति जेलेन्स्की र युक्रेनी जनतालाई नोबेल शान्ति पुरस्कारमा मनोनयन गर्न मनोनयन प्रक्रिया मार्च ३१, २०२२ सम्मका लागि पुनः खुला गरियोस् ।’ मार्च ११ मिति राखेर जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नोबेल शान्ति पुरस्कारको मनोनयनको म्याद ३१ जनवरीसम्म रहेको बताइएको छ । नोबेल शान्ति समितिले यसबारे कुनै टिप्पणी गरेको छैन । यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३४३ वटा मनोनयन प्राप्त भएको नर्वेजियन नोबेल प्रतिष्ठानलाई उद्धृत गर्दै एफपीले जनाएको छ ।

नोबेल शान्ति पुरस्कार दिइने व्यक्तिको नाम यसै वर्षको अक्टोबर ३ देखि १० सम्म सार्वजनिक हुने बताइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ५ : ०८ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल