सलमानले चाहे सहकार्य सम्भव छ « Khabarhub

सलमानले चाहे सहकार्य सम्भव छ


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक अन्तर्वार्ताको क्रममा निर्देशक संजय लीला भन्सालीले सलमान खानलाई आफ्नो नजिकको साथी भनेका छन् । पछिल्लो समय रिलिज भएको आफु निर्देशित फिल्म ’गंगुवाई कठियावाडी’ को प्रमोसनको क्रममा अन्तर्वार्ता दिँदै उनले सलमानसँग मतभेद भएता पनि आफ्नो उनी नजिकका साथी भएको बताए ।

पद्मावत पश्चात म सलमानसँग काम गर्न चाहन्थ्ये । यसैले गर्दा मैंले निकै मेहनतले तयार गरेको इन्शाअल्लाहको स्क्रिप्ट उनलाई दिएँ । उनी पनि सहमत थिए । यद्दपी हाम्रो सहकार्य हुन् सकेन’ निर्देशक भन्सालीले बताए । आउँदो दिनमा हुन् सक्ने सहकार्यलाई भन्सालीले नकारेनन् । ’अब यो सब सलमानमा छ । म उनलाई रेस्पेक्ट गर्छु किनकी खामोशी, हल दिल दे चुके सनममा मैंले काम गरेको छु । आज म जहाँ छु , यहाँसम्म आइपुग्न उनको पनि साथ छ । सलमानले चाहेमा हाम्रो सहकार्य अवश्य हुनेछ’ भन्सालीले भने ।

दर्शकले बलिउडका भाइजान सलमानलाई भन्सालीको निर्देशनमा लभ स्टोरीमा हेर्न चाहेका छन् , जुन अझै पुरा भएको छैन । संजयलाई उनको डेब्यु फिल्म ‘खामोसी’ मा साथ दिएका सलमानले ‘हम दिल दे चुके सनम’ पछि भने साथ दिएनन् । आखिर किन त ? किनकी सलमान र संजयको सहकार्यमा तयार भएको दोस्रो फिल्म आएर हिट भएको थियो । त्यसपछि सलमानले ‘साँवरिया’ मा मात्र केमियो गरे । सलमान किन रिसाए त ?

दोस्रो फिल्म ‘हम दिल दे चुके सनम’ सुपरहिट भएपछि संजयले तेस्रो फिल्मको तयारी थाले । उनको तेस्रो फिल्म थियो ‘देवदास’ । उक्त फिल्ममा संजयले शाहरुख खानलाई लिए र सलमानसँग सल्लाह पनि गरेनन् । आफुले गाह्रो दिनमा संजयलाई सहयोग गरेको तर सफल भएपछि उनले वेवास्ता गरेको जस्तो लागेपछि सलमान संजयसँग टाढिए । त्यसपछि ‘साँवरिया’ मा भने सलमानले मिल्ने साथी अनिल कपूरको आग्रहमा सोनाम कपुर र रणवीर कपूरको डेब्यु फिल्म भएकाले केमियो गर्न तयार भएका थिए ।

त्यसपछि सलमानले संजयको धेरै फिल्मको अफरलाई अस्विकार गरे । तर, पछिल्लो समय सलमानले आफैँले लभ स्टोरीमा देखिने चाहना व्यक्त गरेपछि संजयले सुनाएको स्टोरी मन परेकाले फिल्म गर्न तयार भएका थिए । यद्दपी त्यसले पनि सफलता पाउन सकेन ।

पछिल्लो समय सलमानलाई दर्शकले प्रेम अवतारमा देख्न चाहेका छन् , तर त्यो पुरा हुन् सकेको छैन ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : ३० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित