सलमानले चाहे सहकार्य सम्भव छ | Khabarhub Khabarhub

सलमानले चाहे सहकार्य सम्भव छ


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक अन्तर्वार्ताको क्रममा निर्देशक संजय लीला भन्सालीले सलमान खानलाई आफ्नो नजिकको साथी भनेका छन् । पछिल्लो समय रिलिज भएको आफु निर्देशित फिल्म ’गंगुवाई कठियावाडी’ को प्रमोसनको क्रममा अन्तर्वार्ता दिँदै उनले सलमानसँग मतभेद भएता पनि आफ्नो उनी नजिकका साथी भएको बताए ।

पद्मावत पश्चात म सलमानसँग काम गर्न चाहन्थ्ये । यसैले गर्दा मैंले निकै मेहनतले तयार गरेको इन्शाअल्लाहको स्क्रिप्ट उनलाई दिएँ । उनी पनि सहमत थिए । यद्दपी हाम्रो सहकार्य हुन् सकेन’ निर्देशक भन्सालीले बताए । आउँदो दिनमा हुन् सक्ने सहकार्यलाई भन्सालीले नकारेनन् । ’अब यो सब सलमानमा छ । म उनलाई रेस्पेक्ट गर्छु किनकी खामोशी, हल दिल दे चुके सनममा मैंले काम गरेको छु । आज म जहाँ छु , यहाँसम्म आइपुग्न उनको पनि साथ छ । सलमानले चाहेमा हाम्रो सहकार्य अवश्य हुनेछ’ भन्सालीले भने ।

दर्शकले बलिउडका भाइजान सलमानलाई भन्सालीको निर्देशनमा लभ स्टोरीमा हेर्न चाहेका छन् , जुन अझै पुरा भएको छैन । संजयलाई उनको डेब्यु फिल्म ‘खामोसी’ मा साथ दिएका सलमानले ‘हम दिल दे चुके सनम’ पछि भने साथ दिएनन् । आखिर किन त ? किनकी सलमान र संजयको सहकार्यमा तयार भएको दोस्रो फिल्म आएर हिट भएको थियो । त्यसपछि सलमानले ‘साँवरिया’ मा मात्र केमियो गरे । सलमान किन रिसाए त ?

दोस्रो फिल्म ‘हम दिल दे चुके सनम’ सुपरहिट भएपछि संजयले तेस्रो फिल्मको तयारी थाले । उनको तेस्रो फिल्म थियो ‘देवदास’ । उक्त फिल्ममा संजयले शाहरुख खानलाई लिए र सलमानसँग सल्लाह पनि गरेनन् । आफुले गाह्रो दिनमा संजयलाई सहयोग गरेको तर सफल भएपछि उनले वेवास्ता गरेको जस्तो लागेपछि सलमान संजयसँग टाढिए । त्यसपछि ‘साँवरिया’ मा भने सलमानले मिल्ने साथी अनिल कपूरको आग्रहमा सोनाम कपुर र रणवीर कपूरको डेब्यु फिल्म भएकाले केमियो गर्न तयार भएका थिए ।

त्यसपछि सलमानले संजयको धेरै फिल्मको अफरलाई अस्विकार गरे । तर, पछिल्लो समय सलमानले आफैँले लभ स्टोरीमा देखिने चाहना व्यक्त गरेपछि संजयले सुनाएको स्टोरी मन परेकाले फिल्म गर्न तयार भएका थिए । यद्दपी त्यसले पनि सफलता पाउन सकेन ।

पछिल्लो समय सलमानलाई दर्शकले प्रेम अवतारमा देख्न चाहेका छन् , तर त्यो पुरा हुन् सकेको छैन ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : ३० बजे

रौतहटमा करेन्ट लागेर वडाध्यक्षको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गौर

जलवायु परिवर्तनले संकटमा मनाङका चौँरी खर्क

मनाङ- हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले

जेनजी आन्दोलनमा आगजनी गरेको प्रमाणित गर्नुस्, सजाय भोग्न तयार छु: निश्चल बस्नेत

काठमाडौं – अभिनेता निश्चल बस्नेतले आफूले जेन–जी आन्दोलनका क्रममा ढुंगा

माओवादी र जेन-जी मिलेर चुनाव लड्नुपर्छ: प्रचण्ड

धनुषा- नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको

मनै लोभ्याउने पुनहिल

गण्डकी- झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ। पुनहिल गएर सूर्योदय