पाकिस्तानमा प्रदर्शनकारीको मागमा विपक्षी नेतृको समर्थन « Khabarhub

पाकिस्तानमा प्रदर्शनकारीको मागमा विपक्षी नेतृको समर्थन


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा विपक्षी नेतृले बेपत्ता विद्यार्थीलाई तत्काल रिहा गर्न माग गर्ने बलोच विद्यार्थीहरुको समर्थन गरेकी छिन् । पाकिस्तानमा बेपत्ता पारिएका बलोच विद्यार्थी हफिज बलोचलाई रिहाईको माग गर्दै आन्दोलनरत विद्यार्थीहरु प्रति ऐक्यबद्धता जनउँदै सिनेटमा विपक्षी पाकिस्तान पिपुल्स पार्टी पीपीपीकी नेतृ शेरी रहमानले इमरान खान सरकारलाई ‘दमन’ रोक्न समेत आह्वान गरिन् ।

ट्विटरमा रहमानले लेखेकी छिन्, ‘बेपत्ता विद्यार्थी हफिज बलोचको रिहाईको माग गर्दै चिसोमा राष्ट्रिय प्रेस क्लब अगाडि प्रदर्शन गर्ने विद्यार्थीप्रति ऐक्यबद्धता र क्याम्पसहरुमा बलोच विद्यार्थीलाई धम्की दिइने काम बन्द गरिनुपर्छ । हाम्रा युवाहरुलाई समस्याको राजनीतिक समाधान चाहिएको छ, दमन होइन ।’

प्रदर्शनरत विद्यार्थी र प्रहरीबीच बेलाबेला झडप समेत हुँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विद्यार्थीहरुले सादा पोसाकमा रहेका प्रहरीले प्रदर्शनकारीको मोबाइल खोस्ने जस्ता काम पनि गर्दै आएको आरोप लगाएका छन् ।

पाकिस्तानको बलोचिस्तान प्रान्त मानव विकास सूचकांकमा अरु प्रान्तभन्दा कमजोर रहँदै आएको छ । बलोचिस्तानको मानव विकास सूचकांक ०.४० छ भने औसतमा पाकिस्तानका अन्य प्रान्तको मानव विकास सूचकांक ०.५० भन्दा केही बढि छ । यसबाहेक बलोचिस्तानमा मानिसहरुलाई बेपत्ता पारिने र हत्या हुने क्रम सामान्य बन्दै गएको आरोप लाग्ने गरेको छ ।

(एएनआईबाट)

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : १० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर