चीनका ३१ मध्ये २८ प्रान्तको आर्थिक वृद्धिदरमा कमी आउने « Khabarhub

चीनका ३१ मध्ये २८ प्रान्तको आर्थिक वृद्धिदरमा कमी आउने


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनका ३१ मध्ये २८ प्रान्तले यस वर्षको आर्थिक वृद्धिदर एवम् नीतिगत लक्ष्य कटौती गरेका छन् । चीनका २८ प्रान्तले अघिल्लो वर्षको तुलनामा चालु वर्ष सन् २०२२ मा कम आर्थिक वृद्धिदर हासिल गर्ने सम्भावनालाई मध्यनजर गर्दै आर्थिक वृद्धिदरको लक्ष्य घटाएका हुन् ।

हालै सार्वजनिक तथ्यांक अनुसार शाङ्हाई, बेइजिङ, गुआङडोङ जस्ता क्षेत्रमा अघिल्लो वर्षको तुलनामा यस वर्षको आर्थिक वृद्धिदरमा कमी आएको देखिएको थियो ।

यसबाहेक जारी रुस युक्रेन युद्ध र कोरोना भाइरसको बढ्दो प्रकोपका कारण विभिन्न शहरहरूमा लागू गरिएका लकडाउन र अरु नियन्त्रणात्मक प्रबन्धले गर्दा चीनले लक्ष्यअनुसारको आर्थिक वृद्धि हासिल गर्न नसक्ने अनुमान गरिएको छ ।

कमजोर आर्थिक वृद्धिले राष्ट्रपति सी जिन्पिङलाई अप्ठ्यारोमा पारेको हङ्कङ पोस्टले जनाएको छ । राष्ट्रपति सी यसै वर्ष आयोजना हुने कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनमा अर्को कार्यकालका लागि पनि दाबेदारी दिने तयारीमा छन् ।

कोरोना भाइरसको असर, कार्बन उत्सर्जन कटौती गर्न दबाब र विश्व आपूर्ति व्यवस्थामा आएको गडबडी, बढ्दो बेरोजगारी समस्याले अर्थतन्त्रलाई पुनर्जागरण गर्ने सरकारी प्रयासमा गम्भीर आशंका उत्पन्न भएको हङ्कङ पोस्टले जनाएको छ ।

सन् २०२० को शुरुदेखि हालसम्म चीनमा स्थानीय सरकारको आर्थिक अवस्था झन् झन् कमजोर बन्दै गएको बताइएको छ । यसबाहेक बढ्दो बेरोजगारीका कारण युवापुस्तामा वर्तमान कम्युनिष्ट पार्टीको सरकारको लोकप्रियता पनि घट्दै जाने अनुमान गरिएको छ ।

(जीफाइभबाट)

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ५ : ३१ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको