यूएईमा नेपाली कामदारका समस्या बुझ्दै मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

यूएईमा नेपाली कामदारका समस्या बुझ्दै मन्त्री श्रेष्ठ


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यूएईमा घरेलु कामदारका रूपमा आएका नेपालीहरूको सेवा, शर्त र सुरक्षाको विषयमा जानकारी लिएका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा रहेका मन्त्री श्रेष्ठले घरेलु कामदारका रूपमा आएका कामदारको सेवा, शर्त र सुरक्षाका विषयमा त्यहाँका सम्बन्धित अधिकारीहरूसँग जानकारी लिएका हुन् ।

मन्त्री श्रेष्ठले यूएई सरकार मातहत रहेको आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्था (तडवीर सेन्टर) पुगेर घरेलु कामदारको कार्यस्थलको अवस्था, कानुनी व्यवस्था, पारिश्रमिक, विदा, सामाजिक सुरक्षा, हिंसामा पर्न सक्ने जोखिम तथा सुरक्षाको प्रत्याभूतिलगायत विषयमा जानकारी लिए ।

त्यसक्रममा त्यहाँका अधिकारीहरूले कामदारको सुरक्षाको प्रत्याभूति रहेको बताएका थिए ।

वैदेशिक रोगजारका लागि विशेष गरी पर्यटक भिषामा गएकाहरूले समस्या भोग्दै आएको गुनासो बढेपछि नेपाल सरकार यो क्रियाकलाप नियन्त्रणका लागि प्रयास गरिरहेको छ ।

नेपालमा कडाई गर्नुका साथै सम्बन्धित मुलुकहरूमा नै मन्त्रीसहितको टोली पुगेर पर्यटक भिषामा आएका नेपालीको अवस्था, उनीहरूले भोग्दै आएका समस्या, अन्य श्रमिकहरूका समस्यालगायत विषयमा स्थलगत निरीक्षण गरेरै जानकारी लिइरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : ०० बजे

महान्यायाधिवक्ता भण्डारीलाई तत्काल पदमुक्त गर्न जेन-जी अगुवा अन्सारीको माग

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा माजिद अन्सारीले महान्यायाधिवक्ता सविता भण्डारीलाई तत्काल

राजीनामा दिँदै सन्तोषले भने- रास्वपामा विचार स्थापित गर्न नसकेकोमा पछुतो छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य सन्तोष परियारले पार्टी

काठमाडौंसहित विभिन्न स्थानमा तीन जना मृत भेटिए

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिका-६ चुईगाउँ डेरा गरी बस्ने दोलखा चरिकोट नगरपालिका-घर भएका

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

कपिलवस्तु– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका-७ बिशमपुरास्थित सरस्वती

मादी पुल निर्माण धमाधम : ७२ प्रतिशत भौतिक प्रगति

तनहुँ– मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल