यूएईमा नेपाली कामदारका समस्या बुझ्दै मन्त्री श्रेष्ठ « Khabarhub

यूएईमा नेपाली कामदारका समस्या बुझ्दै मन्त्री श्रेष्ठ


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यूएईमा घरेलु कामदारका रूपमा आएका नेपालीहरूको सेवा, शर्त र सुरक्षाको विषयमा जानकारी लिएका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा रहेका मन्त्री श्रेष्ठले घरेलु कामदारका रूपमा आएका कामदारको सेवा, शर्त र सुरक्षाका विषयमा त्यहाँका सम्बन्धित अधिकारीहरूसँग जानकारी लिएका हुन् ।

मन्त्री श्रेष्ठले यूएई सरकार मातहत रहेको आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्था (तडवीर सेन्टर) पुगेर घरेलु कामदारको कार्यस्थलको अवस्था, कानुनी व्यवस्था, पारिश्रमिक, विदा, सामाजिक सुरक्षा, हिंसामा पर्न सक्ने जोखिम तथा सुरक्षाको प्रत्याभूतिलगायत विषयमा जानकारी लिए ।

त्यसक्रममा त्यहाँका अधिकारीहरूले कामदारको सुरक्षाको प्रत्याभूति रहेको बताएका थिए ।

वैदेशिक रोगजारका लागि विशेष गरी पर्यटक भिषामा गएकाहरूले समस्या भोग्दै आएको गुनासो बढेपछि नेपाल सरकार यो क्रियाकलाप नियन्त्रणका लागि प्रयास गरिरहेको छ ।

नेपालमा कडाई गर्नुका साथै सम्बन्धित मुलुकहरूमा नै मन्त्रीसहितको टोली पुगेर पर्यटक भिषामा आएका नेपालीको अवस्था, उनीहरूले भोग्दै आएका समस्या, अन्य श्रमिकहरूका समस्यालगायत विषयमा स्थलगत निरीक्षण गरेरै जानकारी लिइरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : ०० बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज