महिला अपहरण गर्ने दुई नक्कली प्रहरी पक्राउ | Khabarhub Khabarhub

महिला अपहरण गर्ने दुई नक्कली प्रहरी पक्राउ


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– नक्कली प्रहरी बनेर महिलाको अपहरण गर्ने दुई जना पक्राउ परेका छन् ।

शुक्रबार खाँदबारीमा पत्रकार सम्मेलन गरी प्रहरीले नक्कली प्रहरीहरू पाँचखपन नगरपालिका–४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई पक्राउ गरेको हो ।

उनीहरूलाई संखुवासभाको खाँदबारी नगरपालिका–८ बाट प्रहरीको पोसाकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

फागुन २७ गते खाँदबारी नगरपालिका–८ की प्रमिला सार्कीलाई प्रहरीको पोसाकमा आएका चार जनाले घरबाट करिब १ सय मिटर पर जंगलमा लगेर पति रमेशकुमार तामाङलाई जिम्मा लगाएका थिए ।

रमेशले पत्नी प्रमिलाको अपहरण गर्न चार नक्कली प्रहरी परिचालन गरेका थिए ।


त्यसपछि रमेशले पत्नीको ज्यान मार्न शारीरिक तथा मानसिक यातना दिएका थिए ।

प्रमिलाले भोलिपल्ट जिल्ला प्रहरीमा उजुरी गरेकी थिइन् ।

रमेशले काठमाडौँको बागबजारबाट प्रहरीका नक्कली पोशाक प्रतिजोर प्रतिदिन ५ सयका दरले भाडामा ल्याएको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।

पारिवारिक कलह तथा आपसी विवादले चरम रूप लिएपछि माइत आएकी श्रीमतीलाई आफूसँग लान नक्कली प्रहरीको सहयोग लिएको बुझिएको छ ।
अन्य फरार नक्कली प्रहरीको खोजी भइरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : ११ बजे

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको