चेन्नईलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा यथावत « Khabarhub

चेन्नईलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा यथावत


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ।

साविक विजेता चेन्नईले भने पाँचौ हार ब्यहोर्नु परेको छ। आइतबार राति भएको खेलमा गुजरातले चेन्नईलाई ३ विकेटले पराजित गरेको हो।

सुरुवमा ब्याटिङ गरेको चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो।

गुजरातका लागि डाभिड मिल्लरले ९४ रनको अर्धशतकीय इनिङ खेले। कप्तान राशिद खान ४० र अभिनव मनोहरले १२ रन जोडे। चेन्नईका ड्वाने ब्राभोले ३ र महेश थिकसनाले २ विकेट लिए।

१ सय ६९ रनको योगफल बनाउन चेन्नईका रुतुराज गायकवाडले ७३ रनको अर्धशतकीय इनिङ खेलेका थिए। अम्बाती रायडुले ४६ रन जोड्दा कप्तान रविन्द्र जडेजाले अविजित २२ रन जोडे। गुजरातका अल्जारी जोसेफले २ विकेट लिए।

शीर्ष स्थानमा रहेको गुजरातले ६ खेलमा १० अंक जोडेको छ। नवौं स्थानको चेन्नईको दुई अंक छ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : २६ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच