चेन्नईलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा यथावत « Khabarhub

चेन्नईलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा यथावत


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ।

साविक विजेता चेन्नईले भने पाँचौ हार ब्यहोर्नु परेको छ। आइतबार राति भएको खेलमा गुजरातले चेन्नईलाई ३ विकेटले पराजित गरेको हो।

सुरुवमा ब्याटिङ गरेको चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो।

गुजरातका लागि डाभिड मिल्लरले ९४ रनको अर्धशतकीय इनिङ खेले। कप्तान राशिद खान ४० र अभिनव मनोहरले १२ रन जोडे। चेन्नईका ड्वाने ब्राभोले ३ र महेश थिकसनाले २ विकेट लिए।

१ सय ६९ रनको योगफल बनाउन चेन्नईका रुतुराज गायकवाडले ७३ रनको अर्धशतकीय इनिङ खेलेका थिए। अम्बाती रायडुले ४६ रन जोड्दा कप्तान रविन्द्र जडेजाले अविजित २२ रन जोडे। गुजरातका अल्जारी जोसेफले २ विकेट लिए।

शीर्ष स्थानमा रहेको गुजरातले ६ खेलमा १० अंक जोडेको छ। नवौं स्थानको चेन्नईको दुई अंक छ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : २६ बजे

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र