एनआरएनए बैठक अप्रिल अन्तिम साता भर्चुअलमाध्यमबाट हुने | Khabarhub Khabarhub

एनआरएनए बैठक अप्रिल अन्तिम साता भर्चुअलमाध्यमबाट हुने


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठक अप्रिल महिनाको अन्तिम साता बस्ने भएको छ।

गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघको ८४औं बैठक अप्रिल ३० तारिख भर्चुअलमाध्यमबाट हुने भएको हो।

संघको १० औं महाधिवेशन पछि पहिलो पटक बस्न लागेको पूर्ण बैठकलाई निकै चासोका साथ हेरिएको छ।

जोशीका अनुसार सो बैठकका लागि एजेण्डाहरु पठाउन आइसीसी (केन्द्रीय) सदस्यहरुलाई आग्रह गरिएको छ।

‘साथीहरुले चाहेका आआफ्ना एजेण्डाहरु पठाउन आग्रह गरेको छु । धेरै जनाले आफ्ना भनाईहरु राख्न पाइदैन भनेर गुनासो गर्नु भएको छ। यस पटक सबैलाई अवसर दिने योजना छ’ जोशीले भने ।

आइसीसी सदस्यहरुको सुझावका आधारमा आगामी २३ तारिख बस्ने पदाधिकारी (ओविइ) बैठकले ती एजेण्डाहरुलाई अन्तिम रुप दिने छ ।

बैठकमा संघको संरक्षक परिषदको गठन, सल्लाहकारको मनोनयन, आइसीसी सदस्यहरुको मनोनयन, केन्द्रीय कार्यालयमा नयां सिइओ नियुक्ति लगायतका एजेण्डामा छलफल हुने अपेक्षा गरिएको छ ।

आइसीसी सदस्यहरुले यसअघि एनसीसीमा भएको विवाद, पदाधिकारीको उम्मेदवारी शुल्क, एनआरएनए यूके र अमेरिकाको खारेजीको कार्यन्वयन लगायतका विषयमा आआफ्ना भनाई राख्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ४० बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार