एनआरएनए बैठक अप्रिल अन्तिम साता भर्चुअलमाध्यमबाट हुने « Khabarhub

एनआरएनए बैठक अप्रिल अन्तिम साता भर्चुअलमाध्यमबाट हुने


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठक अप्रिल महिनाको अन्तिम साता बस्ने भएको छ।

गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघको ८४औं बैठक अप्रिल ३० तारिख भर्चुअलमाध्यमबाट हुने भएको हो।

संघको १० औं महाधिवेशन पछि पहिलो पटक बस्न लागेको पूर्ण बैठकलाई निकै चासोका साथ हेरिएको छ।

जोशीका अनुसार सो बैठकका लागि एजेण्डाहरु पठाउन आइसीसी (केन्द्रीय) सदस्यहरुलाई आग्रह गरिएको छ।

‘साथीहरुले चाहेका आआफ्ना एजेण्डाहरु पठाउन आग्रह गरेको छु । धेरै जनाले आफ्ना भनाईहरु राख्न पाइदैन भनेर गुनासो गर्नु भएको छ। यस पटक सबैलाई अवसर दिने योजना छ’ जोशीले भने ।

आइसीसी सदस्यहरुको सुझावका आधारमा आगामी २३ तारिख बस्ने पदाधिकारी (ओविइ) बैठकले ती एजेण्डाहरुलाई अन्तिम रुप दिने छ ।

बैठकमा संघको संरक्षक परिषदको गठन, सल्लाहकारको मनोनयन, आइसीसी सदस्यहरुको मनोनयन, केन्द्रीय कार्यालयमा नयां सिइओ नियुक्ति लगायतका एजेण्डामा छलफल हुने अपेक्षा गरिएको छ ।

आइसीसी सदस्यहरुले यसअघि एनसीसीमा भएको विवाद, पदाधिकारीको उम्मेदवारी शुल्क, एनआरएनए यूके र अमेरिकाको खारेजीको कार्यन्वयन लगायतका विषयमा आआफ्ना भनाई राख्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ४० बजे

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग