प्रअ छाडेर वडाध्यक्षको उम्मेदवारी घोषणा « Khabarhub

प्रअ छाडेर वडाध्यक्षको उम्मेदवारी घोषणा


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तीव्र बनेको छ ।

आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका उत्तम राईले वडाध्यक्षमा उठ्ने घोषणा गरेका छन् । राई विद्योद्वय आधारभुत विद्यालयका प्रअ हुन् । राईले प्रअबाट राजीनामा दिएर जनता समाजवादी पार्टीकातर्फबाट वडाध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

जिल्लामा सत्तारुढ दलले गठबन्धन गरेर चुनावमा जाने तयारी गरिरहेका बेला वडामा जनता समाजवादीले वडाध्यक्ष पाउने अवस्था आएपछि राईले उम्मेदवार बन्ने तयारी थालेका हुन् । राईले केही दिन भित्र प्रअबाट राजीनामा दिने र वडाध्यक्षको उम्मेदवार बन्ने निश्चित गरिएको जनता समाजवादीका नेता रबिन खम्बूले बताए । वडाध्यक्षमा उठ्ने तयारी गरेका राई पूर्वश्रोतव्यक्ति पनि हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ५० बजे

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ