तालमेल कांग्रेस कार्यकर्ताको भावना होइन : गगन थापा (भिडियो) « Khabarhub

तालमेल कांग्रेस कार्यकर्ताको भावना होइन : गगन थापा (भिडियो)


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताएका छन्।

कांग्रेस क्षेत्र नम्बर ४ प्रदेश ‘क’ क्षेत्रीय कार्यसमितिले सोमबार काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा थापाले निर्वाचनमा तालमेल गर्न नहुने विषय आफूले पहिलेदेखि नै उठाउँदै आएको र कांग्रेस कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताएका हुन् ।

उनले आफूले पछिल्ला दिनमा ५० भन्दा बढी जिल्लाका कांग्रेस नेता कार्यकर्तासँग राय सुझाव लिँदा तालमेल गर्न नहुने कुरा आएको जिकिर गरे । थापाले जित्नकै लागि भनेर तालमेल गर्नु बेठीक हुने धारणा राखे । मतदाता र कार्यकर्ताको भावना विपरीत जबरजस्ती गर्न थाले निर्वाचनको परिणाम फरक हुने सक्ने उनको चेतावनी छ ।

त्यस्तै थापाले पार्टी नेतृत्वले सबै नेता, कार्यकर्ता र मतदाताको चाहनाअनुरूप आवश्यक निर्णय लिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १२ : १४ बजे

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ