लुम्बिनी प्रदेशका चार सांसदको पदवहालीको रिट भट्टराई र फुयालको इजलासमा  « Khabarhub

लुम्बिनी प्रदेशका चार सांसदको पदवहालीको रिट भट्टराई र फुयालको इजलासमा 


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पदमुक्त भएका लुम्बिनी प्रदेशका सांसद सन्तोषकुमार पाण्डेयसहित चार सांसदले दायर गरेको रिटको पेसी न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा तोकिएको छ ।

रिटमार्फत पाण्डेयलगायतले पदमुक्त गर्ने पार्टी र प्रदेश संसद् सचिवालयको निर्णय बदर गर्न माग गरेका छन् । दुबै निकायको निर्णय बदर गरेर निरन्तर सांसद पदमा रही कामकारबाही गर्न दिन अन्तरिम आदेशसमेत उनीहरूले मागेका छन् ।

रिट निवेदकहरू पाण्डेयसँगै विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय हुन् । उनीहरूले २ जेठ २०७८ मा पदमुक्त गर्न सिफारिस गर्ने पार्टीको निर्णय र निर्णयअनुसार भएको पत्राचारको आधारमा पदमुक्त गर्ने प्रदेश संसद् कानुनी चुनौती दिन सर्वोच्च रिट दायर गरेका हुन् ।

उनीहरू जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीय दलले गरेको पार्टी निर्णयविपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका थिए । त्यसपछि पोखरेल नेतृत्वको सरकार ढल्नबाट तत्कालका लागि जोगिएको थियो । 

तर, अन्ततः पोखरेलको सरकार पनि ढल्यो । ढल्नु अघि नै चार सांसद भने पदमुक्त भइसकेका थिए। 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १२ : ३५ बजे

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५