श्रीलङ्कामा १७ नयाँ मन्त्री नियुक्त « Khabarhub

श्रीलङ्कामा १७ नयाँ मन्त्री नियुक्त


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोताबाया राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद् विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरु पनि तिव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरूको सम्बोधन हुने आशा गरिएको उनले बताएका छन् । नव नियुक्त सबै मन्त्रीहरूलाई सोमबार नै राष्ट्रपति कार्यालयमा सपथग्रहण गराइ सकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति राजपाक्षले तेस्रो पटक मन्त्रीपरिषद्को पुनर्गठन गरेका हुन् । नयाँ थपिएका मन्त्रीहरू मध्ये आठ जना पुराना मन्त्रीहरू नै दोहोरिएका छन् । यसअघि यही अप्रिल ३ मा तत्कालीन मन्त्रिपरिषद्का सबै २६ सदस्यहरुले सामूहिक राजीनामा दिएका थिए । 

देशमा आर्थिक तथा राजनीतिक सङ्कट बढेपछि आम नागरिक आन्दोलित भएकाले मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक सङ्कटका कारण देशमा अत्यधिक मूल्य बृद्धि भएको छ भने कतिपय बस्तु तथा सेवाको चरम अभाव भएको छ । 

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  २ : ५० बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ