कोरोना भाइरसका कारण चीनको सांघाई शहरमा ३ जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसका कारण चीनको सांघाई शहरमा ३ जनाको मृत्यु


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत मार्च महिनामा लाकडाउन लागू गरेयता पहिलो पटक चीनको संघाईमा कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भएको छ ।

मारिनेहरु ८९ देखि ९१ वर्ष उमेर समूहका रहेको शहरको स्वास्थ्य आयोगलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सांघाईको स्वास्थ्य आयोगले पछिल्ला मृत्युको घोषणा गर्दै आइतबार ‘बचाउने पूर्ण प्रयत्नका बावजुद’ तीन जनाको मृत्यु भएको जनाएको हो । मारिनेहरुले कोरोना भाइरसविरुद्धको खोप नलगाएको बताइएको छ ।

सांघाईका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार शहरमा ६० वर्षभन्दा माथिका केबल ३८ प्रतिशत बासिन्दाले मात्र पूर्ण खोप लगाएका छन् ।

हालसम्म चीनले शहरमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु नभएको बताउँदै आएको थियो । यद्यपि यो दाबीलाई लिएर धेरैले प्रश्न उठाएको बीबीसीले जनाएको छ ।

सन् २०२० को मार्च महिनायता सोमबारमात्रै पहिलो पटक चिनियाँ स्वास्थ्य अधिकारीले कोरोना भाइरसका कारण कसैको मृत्यु भएको स्वीकार गरेका बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ३ : ५८ बजे

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५