मारिउपोलमा रहेका आफ्ना फौजले अन्त्यसम्म लड्ने युक्रेनी प्रधानमन्त्रीको दृढता « Khabarhub

मारिउपोलमा रहेका आफ्ना फौजले अन्त्यसम्म लड्ने युक्रेनी प्रधानमन्त्रीको दृढता


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनका प्रधानमन्त्री डेनिस श्मियालले रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको मारिउपोल शहरमा रहेका युक्रेनी फौजले अन्तिमसम्म लड्ने बताएका छन् ।

अमेरिकी टेलिभिजन च्यानल एबीसीलाई दिएको अन्तरवार्तामा श्मियालले मारिउपोल शहरमा रहेका युक्रेनी फौजले अन्त्यसम्म लड्ने बताएको बीबीसीले जनाएको छ ।

‘शहर अझै ढलिसकेको छैन ।’ उनले भने, ‘हाम्रा सैन्य बल, हाम्रा सैनिकहरू त्यहीँ छन्, त्यसैले उनीहरु अन्त्यसम्म लडिरहनेछन् ।’

हिजोमात्रै रुसी फौजले मारिउपोल शहरमा रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न प्रस्ताव गरेका थिए । रुसले शहरको अधिकांश क्षेत्रमा नियन्त्रण जमाएको बताउँदै आएको छ ।

यद्यपि शहरको एजोभस्तल औद्योगिक क्षेत्रमा अझै पनि युक्रेनी फौजले रुसी आक्रमणको डटेर सामना गरिरहेको बीबीसीले जनाएको छ ।
 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ४ : ०७ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट